चैत्र ७, २०८२ शनिबार | ०८:३४:१७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

पुरानो छवि फर्काउने लक्ष्य

लन्डन, (खेलाडी)- समूह चरणका पहिलो दुई खेलमा लगातार अंक बाँढेपछि स्पेनले युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरणको यात्रा गर्ला भन्‍ने आशा थोरै समर्थकले मात्र गरेका थिए । 

तर समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५-० को रवाफिलो जित हासिल गर्दै तीन पटकको पूर्व च्याम्पियन टोलीले अन्तिम १६ को टिकट काट्यो । त्यसयता लुइस इनरिकेको टोलीले सफल नतिजाको यात्रालाई पनि निरन्तरता दिइरहेको छ ।

अन्तिम १६ मा क्रोएसियाको चुनौती ५-३ ले पन्छाएको टोलीले क्‍वार्टरफाइनलमा संगठित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

आठ वर्षपछि प्रमुख प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको स्पेनले अब भने साच्चै कडा चुनौती सामना गर्नुपर्नेछ । वेम्बली रंगशालामा मंगलबार मध्यरातमा नेपाली समयअनुसार पौने एक बजे स्पेनले चिर प्रतिद्वन्द्वी इटालीको सामना गर्नुपर्नेछ । 

स्पेन र इटालीबीच युरोपियन च्याम्पियनसिपमा भेट हुन लागेको यो लगातार चौथो पटक हो । पछिल्लो संस्करणमा इटालीले बाजी मारेको थियो भने त्यसअघिका दुई संस्करणमा उपाधि जित्‍ने क्रममा स्पेनले बाटोमा इटालीको चुनौती पन्छाएको थियो । तर स्पेनिस टोलीमा अहिले धेरै परिवर्तन भइसकेको छ । 

सन् २०१६ मा फ्रान्समा सम्पन्‍न युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा इटालीले स्पेनलाई २-० को नतिजामा हराएको थियो । यसअघि युरो २००८ को क्‍वार्टरफाइनलमा स्पेनले पेनाल्टी सुटआउटमा ४-३ को जित हासिल गरेको थियो भने त्यसको चार वर्षपछि फाइनलमा इटालीलाई नै ४-० को नतिजामा हराउदै उपाधि जितेको थियो । सन् २००८ को विजेता स्पेन २०१२ मा पनि च्याम्पियन बन्दै युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो । 

त्यसयता स्पेनले कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । ८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्‍ने लक्ष्य लिएको स्पेनले त्यसका लागि सेमिफाइनलमा पुनः एक पटक इटालीको चुनौती पन्छाउनु पर्नेछ । 

‘मैले प्रतियोगिताको सुरुमै भनेको थिएँ की हामी प्रतियोगिताका प्रमुख आठ दाबेदारमध्ये एक हौं । अहिले हामी दाबेदार ४ टोलीमध्ये एक हौं,’ स्पेनका प्रशिक्षक इनरिकेले भने, ‘सुरुआती चरणमा धेरै संघर्ष गरे पनि अहिले भने टोली लयमा फर्किएको छ । इटालीविरुद्ध जितका साथ हामी उपाधियात्रामा एक कदम अघि बढ्न चाहन्छौं ।’

यता समूह चरणका तीनवटै खेलमा अब्बल देखिएको इटालीले अन्तिम १६ मा अस्ट्रियामाथि २-१ को जितका साथ क्‍वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । क्‍वार्टरफाइनलमा विश्‍व नम्बर एक बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको इटाली स्पेनविरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

सन् २००६ को विश्‍वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्‍न सकेको छैन । यस पटक इटाली युरो २०२० को उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ । 

‘हामीले बेल्जियमविरुद्ध २ गोल गर्‍यौं । यद्यपि हामीले गोलअन्तर बढाउने अवसर थुप्रै पाएका थियौं । तर त्यसको सदुपयोग भने गर्न सकेनौं,’ इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘अब हामीले स्पेनको चुनौती पार गर्नुछ । प्रतियोगितामा जति अघि बढ्यो त्यति कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्छ र हामी त्यसका लागि सधैं तयार छौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो