काठमाडौं । क्रोएसियाले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म कायम राखेको छ ।
सोमबार म्याक्सिमिर रंगशालामा घरेलस टोली क्रोएसियाले मोन्टेनग्रोविरुद्ध ४-० को सहज जित दर्ता गर्यो ।
जितसँगै चार खेलमा १२ अंक जोडेको क्रोएसिया समूह ‘एल’ को शीर्षस्थानमा छ । पराजित मोन्टेनग्रो पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ ।
क्रोएसियालाई जित दिलाउन क्रिस्टिजन जाकिक, एन्ड्रेज क्रमारिक र इभान पेरिसिकले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको ३५औं मिनेटमा जाकिकको गोलमार्फत क्रोएसियाले अग्रता लिएको थियो । ४२औं मिनेटमा एन्ड्रिया बुलाटोभिचले दोहोरो रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मोन्टेनग्रो १० खेलाडीमा समेटिएयो ।
क्रमारिकले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ८५औं मिनेटमा एडविन कुचबाट आत्मघाती गोल हुनपुग्दा क्रोएसिया ३० ले अगाडि बढ्यो ।
निर्धारित समयको अन्तिम मिनेटमा पेरिसिकले गोल गर्दा क्रोएसियाले ४-० को सानदार जित दर्ता गर्यो ।