भाद्र २३, २०८२ मंगलबार | १७:०४:५६
एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी विश्वकप छनोटः क्रोएसियाको विजयी यात्रा जारी विश्वकप छनोटमा इटालीको रोमाञ्चक जित झापा एन्फा महिला लिगका लागि छनोट एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी विश्वकप छनोटः क्रोएसियाको विजयी यात्रा जारी विश्वकप छनोटमा इटालीको रोमाञ्चक जित झापा एन्फा महिला लिगका लागि छनोट

विश्वकप छनोटमा इटालीको रोमाञ्चक जित

काठमाडौं । इटालीले फिफा विश्वकप युरोपियन छनोटमा सोमबार इजरायलविरुद्ध ५-४ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै चार खेलमा ९ अंक जोडेको इटाली समूह ‘आइ’ को दोस्रो स्थानमा छ । पराजित इजरायल पाँच खेलबाट समान अंकका साथ तेस्रो स्थानमा छ ।

नागेयरदेइ रंगशालामा इटालीलाई जित दिलाउन मोइस किनले दुई तथा माटिओ पोलिटानो, जियाकोमो रास्पाडोरी र स्यान्ड्रो टोनालीले समान एक गोल गरे । इजरायलका डोर पेरेट्जले दुई गोल गर्दा दुई गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको १६औं मिनेटमा म्यानुएल लोकाटेलीको आत्मघाती गोलमार्फत इजरायलले अग्रता लिएको थियो । किनले ४०औं मिनेटमा इटालीका लागि बराबरीमा गोल फर्काए ।

पेरेट्जले ५२औं मिनेटमा गोल गर्दा इजरायल २१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै किनले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २ २ को बराबरीमा ल्याए ।

पोलिटानाले ५८औं मिनेटमा इटालीका लागि तेस्र्रो गोल गरे । ८१औं मिनेटमा रास्पाडोरीले गोल गर्दा इटाली ४-२ ले अगाडि बढ्यो ।

इटालियन रक्षक अलेसान्ड्रो बास्टोनीबाट आत्मघाती गोल हुन पुग्दा खेल ४-३ को स्थितीमा आयो । दुई मिनेटपछि नै पेरेट्जले व्यक्तिगत दोस्रो गोल गर्दा इजरायल ४-४ को बराबरीमा आयो ।

इन्जुरी समयमा टोनालीले गोल गर्दै इटालीलाई रोमाञ्चक जित दिलाए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS