काठमाडौं । कागेश्वरी मनोहरा जय नेपाल फुटसल कपको उपाधि नेपाली कांग्रेस वडा नम्बर ५ ले जितेको छ ।
नेपाल विद्यार्थी संघ कागेश्वरी मनोहरा नगरसमितिको आयोजनमा ओम ४१ मल्टी स्पोर्टस हबमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली कांग्रेसले टिम बी टुलाई ३-१ ले पराजित गर्यो ।
साउन ३० र ३१ सञ्चालित प्रतियोगितामा नगरपालिका भित्रका ३८ टोलीले प्रतिस्पर्धा गरेको आयोजक नेपाल विद्यार्थी संघ कागेश्वरी मनोहरा नगरसमितिका सभापति प्रशान्त खड्काले जानकारी दिए ।
नकटआउट प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाण पत्रसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । यसैगरी उपविजेतालाई ट्रफी, मेडर र प्रमाण पत्रसहित १० हजार रुपैयाँ प्रदान गरियो ।

प्रतियोगितामा उपविजेता टिम बी टु का अनिष केसी उत्कृष्ट खेलाडी तथा विजेता नेपाली कांग्रेसका रविन तामाङ उत्कृष्ट गोलपिकर र सोनाम छिरिङ लामा उर्जाशिल खेलाडी घोषित भए ।
प्रतियोगिताको उद्घाटन समारोहमा कागेश्वरी मनोहरा नगपालिकाका प्रमुख उपेन्द्र कार्की तथा समापन समारोहमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का सभापति कविर शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
सहभापति प्रशान्त खड्काले प्रतियोगितलाई निरन्तरता दिने बताउँदै सहयोग गर्नेप्रति विशेष आभर प्रकट गरे । ‘कागेश्वरी मनोहरा जय नेपाल कपमा सहभागिता जनाउनु हुने सम्पूर्ण खेलाडी, दर्शक, शुभेच्छुक तथा सहयोगीलाई हार्दिक धन्यवाद । तपाईंहरूको उत्साह, ऊर्जा र साथविना यो प्रतियोगिता सम्भव थिएन । यो माया, साथ र समर्थनले प्रतियोगितालाई निरन्तरता दिन हौसला प्रदान गरेको छ,’ सभापति खड्काले भने।