असार २१, २०८२ शनिबार | ०३:२०:३२
देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स

उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ?

साफ महिला च्याम्पियनसिप २०२४ मा भारतको पेनाल्टी प्रहार बचाएपछि नेपाली गोलकिपर अञ्जना रानामगर, तस्वीरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा शनिबार नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राती ९ः१५ बजे हुनेछ ।

फिफा वरीयतालाई आधार मान्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो । तर, छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेका यी दुई टोलीले निर्णायक खेलसम्म खेल आइपुग्दा विपक्षी पोस्टमा १७ गोल गरेको छन् । जवाफमा दुवैले एक गोल पनि खानु परेको छैन ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो । दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकालाई ८-० ले निराश पार्यो । उता उज्वेकिस्तानले श्रीलंकालाई १० गोलको अन्तरले पराजित गर्दा लाओसमाथि ७ गोलको फराकिलो जित हासिल गरेको थियो ।

समान अंक र समान गोल भिन्नता भएकै कारण अहिले नै को शनिबारको खेलमा ‘फेबरेट’ टोली को हो भनेर भन्न सकिन्न । एउटा कुरा के निश्चित छ भने यो खेलको नतिजा जसको पक्षमा जानेछ, त्यसले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कप प्रतियोगिताको २१औं संस्करणमा आफ्नो स्थान सुरक्षित गर्नेछ । नेपाल र उज्वेकिस्तानका लागि यो ऐतिहासिक अवसर हो । किनभने, दुवैले अहिलेसम्म छनोट चरण पार गरेर एएफसीको प्रतियोगिता खेलेका छैनन् । त्यसैले खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

नेपाली टोलीले उज्वेकिस्तानविरुद्ध इतिहासकै महत्वपूर्ण खेल खेलिरहँदा आम–जनमानसमा एउटा प्रश्न उब्जिएको छ । त्यो हो, निर्धारित ९० मिनेटको खेलमा यी दुईले बराबरी खेले के हुन्छ ?

यदि नेपाल र उज्वेकिस्तानबीचको खेल निर्धारित ९० मिनेट सकिँदा बराबरी भएको खण्डमा खेल सोझै पेनाल्टी सुुटआउटमा धकेलिनेछ ।

एएफसी प्रतियोगिताको नियम अनुसार यदि दुई टोली सबै पक्ष अर्थात् अंक, गोल भिन्नता, गोल गरेको र खाएकोमा बराबर छन् र अन्तिम चरणमा तिनै दुई टिमबीच खेल हुँदैछ भने खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने प्रावधान छ ।

यदी सबैमा बराबरीका साथ शीर्ष स्थानमा रहने दुई टिमबीचको खेल पहिल्यै भइसकेको भए चाँही अगाडि बढ्ने टिमको निर्णय गोलअन्तर, गरेको गोल, फेयर प्ले प्वाइन्ट लगायतबाट लिइने व्यवस्था छ ।

पेनाल्टी सुटआउटमा खेल जसको पक्षमा पनि जान सक्छ । यो धेरै हदसम्म भाग्यमा निर्भर हुुन्छ । त्यसैले पक्कै पनि दुवै टोली पेनाल्टी सुटआउटसम्म जान चाहनेछैनन् ।


भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM TRAINING
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL