कार्तिक २४, २०८२ सोमबार | १०:५४:०७
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

थ्री स्टारको अनुरोधः ‘यसपाली कुनै पनि टिम नझारौं’, एन्फा भन्छः ‘अदालत वा कास जानुस’

काठमाडौं । तीन दिनअघि एन्फा अपिल कमिटीको निर्णयपछि शीर्ष डिभिजनको हैसियत गुमाएको थ्री स्टार क्लबले सोमबार (आज) अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष आफूलाई कार्वाही नगर्न अनुरोध गरेको छ ।

सोमबार दिउँसो १२ बजे थ्री स्टारका कार्यसमिती सदस्य र सल्लाहकार गरि १६ जना सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर अपिल कमिटीको पछिल्लो निर्णयपछि विकसित परिस्थितीमा आफ्नो धारणा राखेका थिए । क्लबका तर्फबाट निवर्तमान महासचिव सञ्जीव सिल्पकारले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, कार्यवाहक महासचिव बद्रि भट्टराई, सिइओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहलाई आफ्ना धारणाहर ब्रिफिङ गरेका थिए ।

दुई वर्षअघि सम्पन्न लिगमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १-० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसन टारेको थियो । तर सोही नतिजाका कारण रेलिगेसनमा परेको सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले अवैधानिक खेलाडी मैदान उतारेको भन्दै उजुरी गरेको थियो ।

थ्री स्टार र जावलाखेलबीचको खेलमा भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो । एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कार्वाही गर्न एन्फामा दुई वर्षअघि २०८० जेठ २८ गते उजुरी गरेको थियो ।

उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा गत बिहीबार अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गर्यो । योसँगै नेपाली फुटबलमा कुनै समय महारथीको छवि बनाएको थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको हो ।

सिल्पकारले अपिल कमिटीको निर्णयलाई क्लबले पनि सम्मान गर्ने बताउँदै नेपाली फुटबलको समग्र हित खातिर यसपाली कुनै पनि टिमलाई घटुवा नगर्न अनुरोध गरे । उनले भिसा नभएका खेलाडी खेलाउनुमा आफ्नो क्लबको गल्ती भएको स्वीकार्दै एन्फाबाट पनि फिफा कनेक्टमा भिसा नभएका खेलाडीको दर्ता गरेर गल्ती भएको तर्क गरे ।

साथमा सिल्पकारले नियमावलीमा तेस्रो पक्षले प्रोटेस्ट हाल्न नपाउने व्यवस्था भए पनि मैदानमै नउत्रिएको एपिएफले हालेको प्रोटेस्टका आधारमा निर्णय हुनु पनि गल्ती भएको जिकिर गरे । सबै पक्षबाट गल्ती भएकोमा सजायँ भने थ्री स्टारलाई मात्र गरिनु जायज नहुने कारण यसपाली रेलिगेसनको व्यवस्था हटाउनुपर्ने थ्री स्टारको तर्क थियो ।

‘हामी अपिल कमिटीको निर्णयलाई सम्मान गर्छौ । तर, यो मुद्धामा थ्री स्टारको मात्र गल्ती छैन । एन्फाको पनि उत्तिकै गल्ती छ । फुटबलमा तेस्रो पक्षले प्रोटेस्ट हाल्ने भन्ने नै हुँदैन । तर, हामीमाथि तेस्रो पक्षको प्रोटेस्ट लागेको छ । फिफा कनेक्टमा दर्ता भएपछि हामीले दुई विदेशी खेलाडीलाई मैदान उतारेका हौं । फिफा कनेक्टमा गरिएको त्यो दर्ता म्याच कमिस्नरले हेरेरै अप्रुभ गरेपछि खेलाएका हौं,’ ब्रीफिङमा सिल्पकारले भने, ‘विगतमा १८ वटा सम्म क्लबले शीर्ष डिभिजनको लिग खेलेको इतिहास छ । त्यसैले यो वर्ष कुनै पनि टिम नझारेर लिग गराउन हाम्रो अनुरोध छ । हामी २–३ दिनभित्र औपचारिक रुपमा एन्फालाई निवेदन पठाउने छौं ।’

एन्फाले आगामी असार २० बाट हुने भनिएको शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा यु-१६ लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै गत जेठ १५ गते बोलाएका १४ क्लबको सूचिमा एपिएफ र खुमलटारलाई समेटेको थिएन । यो बैठकको २० दिनपछि एन्फा अपिल कमिटीले एपिएफको रेलिगेसनलाई उल्ट्याउँदै थ्री स्टारलाई दोस्रो डिभिजनमा घटुवा गर्ने निर्णय गरेको थियो ।

थ्री स्टार अध्यक्ष ज्ञानबहादुर शाक्यले सो अवसरमा क्लबले यु–१६ लिगका लागि टोली तयार गरिसकेको बताउँदै भने, ‘हामीले प्रतियोगिताका लागि भनेर आवश्यक तयारी गरिसकेका छौं । अब हामीले सहभागिता जनाउन नपाउने हो भने हामीलाई ठूलो घाटा हुनेछ । यसमा जसरी पनि हामीलाई समेत समेटेर प्रतियोगिता गर्नुहोला ।’

एन्फाले क्लबको यो अनुरोधलाई सम्बोधन नगरे कानुनी बाटो ढकढक्याउने र आवश्यक परे आन्दोलन गर्न समेत तयार रहेको उपाध्यक्ष निर्मलरत्न शाक्यले बताए । शाक्यले एन्फा पदाधिकारीहरुलाई सम्बोधन गर्दै भने, ‘हामी आज तपाईंहरुसँग अनुरोध गर्न आएका हौं । तर आवश्यक पर्यो भने हामी थ्री स्टारको अस्तित्वका लागि अदालत जाने देखि लिएर आन्दोलनसम्मको लागि पनि तयार हुनेछौं ।’

एन्फा अध्यक्ष नेम्वाङले अपिल कमिटीको निर्णय नै एन्फाको लागि अन्तिम भएकाले सहजै परिवर्तन गर्न नसकिने जवाफ दिए ।

‘अपिल कमिटीको निर्णयलाई हामी केही गर्न सक्दैनौं । तर, पनि केही निकास निस्किने सम्भावना छ भने हामी साथीभाइ सल्लाह गर्नेछौं,’ नेम्वाङले भने, ‘तपाईँहरुसँग अदालत र सिएएसको विकल्प छ । तर, हाम्रो काम भनेको अपिल कमिटीको निर्णय लागू गर्ने हो ।’


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन