माघ १५, २०८२ बिहीबार | ११:००:२६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

मोन्टेनग्रोका गोलकिपर नेमान्जा लेमाजिच झापामा अनुबन्ध

काठमाडौं । मोन्टेनग्रोका गोलकिपर नेमान्जा लेमाजिचले झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

झापाले एनएसएलको तेस्रो संस्करणका लागि लेमाजिचलाई अनुबन्ध गरेको हो । २६ वर्षीय लेमाजिचसँँग मोन्टेनग्रो, माल्दिभ्स र अर्मेनियाको लिग खेलेको अनुभव छ ।

उनी पछिल्लो पटक एफके बोकेल्जको जर्सीमा देखिएका थिए । लेमाजिच झापा भित्रिने पाँचौं विदेशी खेलाडी हुन् । यसअघि क्लबले उज्वेकिस्तानका अजमत अब्दुल्लेव र मुहम्मद इसाएभ,  सर्बियाका लाजर आर्सिक तथा नाइजेरियाका अल्हाजी गेरोलाई भित्र्याएको थियो ।

लाकेन लिम्बुलाई मार्की खेलाडी बनाएको झापाले छिरिङ लामालाई रिटेन गरेको छ । यस्तै क्लबले प्रशिक्षण जिम्मेवारी प्रवेश कटुवाललाई सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुँदैछ । झापाले चैत १७ मा बुटवल लुम्बिनी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यसपल्ट यी दुइसँगै साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।