चैत्र २०, २०८१ बुधबार | १४:३७:३८
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

टिम परिचयः दोस्रो डिभिजनमा रमाइरहेको नयाँबस्ती

काठमाडौं । राजधानीको गोकर्णेश्वरस्थित नयाँबस्ती युवा क्लब दोस्रो डिभिजनमै रमाइरहेको क्लबमध्ये एक हो । २०६८ सालमा दोस्रो डिभिजनमा उक्लिएको नयाँ बस्तीले अहिलेसम्म पाँच पटक बी डिभिजन लिग खेल्दा शीर्ष डिभिजन पुग्ने चुनौती पेश गर्न सकेको छैन ।

अघिल्लो संस्करणमा टोली मुस्किलले रेलिगेशनबाट जोगिएको थियो । टोली १३औं स्थानमा रहेर रेलिगेशनमा परेको सामाजिक युवा क्लबभन्दा मात्र एक अंकले अगाडि थियो ।

नयाँबस्ती क्लब विक्रम सम्बत् २०४३ सालमा स्थापना भएको थियो । फुटबलबाहेक सामाजिक काममा सक्रिय रहँदै आएको नयाँबस्तीले २०५८–५९ सालबाट घरेलु फुटबलमा पाइला अगाडि सारेको थियो । चार वर्ष डी डिभिजन (सी डिभिजन छनोट) खेलेको नयाँबस्ती २०६४ सालमा सी डिभिजनमा उक्लिएको थियो । त्यसको चार वर्षपछि टोलीले दोस्रो डिभिजनमा बढुवा भएको हो ।

यसपाली भने क्लबले पहिलो डिभिजन उक्लिने लक्ष्य बोकेको छ । फागुन २५ गते सुरु हुन लागेको बी डिभिजन लिगका लागि नयाँबस्तीको तयारी अन्तिम चरणमा छ । नयाँबस्ती विगत साढे दुई महिनायता मुलपानी थापा गाउँस्थित अमरसिंह क्लबको सोमतीर्थ खेल मैदानमा जोडतोडले प्रशिक्षण गरिरहेको छ ।

करिब दुई सय हाराहारी खेलाडीबाट नयाँ बस्तीले अन्तिम टोली तयार पारिसकेको छ । क्लबले पुसको पहिलो साता खुला छनोटको जानकारी गराएको थियो । पुस १२ बाट सुरु भएको खुला छनोटबाट क्लबले ६० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको थियो । अन्तिम टोली तयार भएसँगै अहिले क्लब फाइनल फेजको प्रशिक्षण गरिरहेको छ । खेलाडी क्लबकै निजी भवनमा होस्टल बसिरहेका छन् ।

क्लबमा शीर्ष डिभिजनको अनुभव बोकिसकेका, क्लबकै पुराना खेलाडी र राइजिङ खेलाडीहरुको मिश्रण छ । प्राविधिक र आर्थिक कारण १३ वर्षको अन्तरालमा शीर्ष डिभिजनमा बढुवा हुन नसकेको बताउने क्लबले यसपाली भने शीर्ष डिभिजनको सपना बुनेको छ ।

क्लबका पूर्व कप्तान विकास राई आसन्न बी डिभिजनका लागि सकारात्मक छन् । व्यवस्थापकको जिम्मेवारीमा रहेका राईले आफ्नो व्यावसायिक खेल जीवनमा विभिन्न आरोह–अवरोहहरु आत्मसात गरेका छन् । श्रेणीविहिन क्लबलाई बी डिभिजन सम्म ल्याएका राई टोली राम्रो रहेकाले उपाधिको आशा राख्न सकिने बताउँछन् ।

‘हाम्रो लक्ष्य भनेको ए मै चढ्ने हो । अनुभवी र राइजिङ स्टारको कम्बिनेसन छ । आर्थिक र प्राविधिक कारण हामी १३ वर्षदेखि दोस्रो डिभिजनमै छौं । यसपाली भने हामीले बढुवा हुने लक्ष्य बोकेका छौं,’ राईले भने, ‘विभिन्न कुराले फुटबलमा असर पारेको हुन्छ । यसपाली भने सकारात्मक नतिजाको आशा राखेका छौं ।’

गोलकिपर तथा कप्तान कृष्ण चौधरी र फरवार्ड पूर्ण बहादुर गुरुङ क्लबका सबैभन्दा अनुभवी खेलाडी हुन् । कृष्णसँग नयाँ बस्तीअघि ब्वाइज युनियनर, नेपाल च्याम्पियन चर्च ब्वाइज क्लब र बी डिभिजनको प्रतिद्धन्द्धी सरस्वतीबाट खेलेको अनुभव छ । पूर्णले हिमालयन शेर्पाबाट गत संस्करणको ‘ए’ डिभिजन लिग खेलेका थिए । व्यवासायिक करिअरको सुरुअती वर्षमा शेर्पाबाट राष्ट्रिय लिग खेलेका पूर्णले पुल्चोक र च्यासलको जर्सी पनि लगाइसकेका छन् ।

३२ वर्षीय कृष्ण विगत ९ वर्षयता नयाँ बस्तीमा आबद्ध छन् । टोलीलाई सीबाट बीसम्म पुर्याउँदाका सहयात्री किरण यसपाली राम्रो टिम भएकाले आशावादी देखिन्छन् । टोलीमा उर्जावान खेलाडीको आगमनसँगै टोली बलियो बनेको उनको विश्वास छ ।

‘पूराना र उर्जावान खेलाडी भएको कारण राम्रो टोली बनेको छ । हाम्रो लक्ष्य टोलीलाई एमा पुर्याउने नै हो,’ कृष्णले भने ।

नयाँबस्ती पूर्णका लागि नयाँ टोली हो । क्लबमा उनको आगमनसँगै युवा खेलाडीले उर्जा प्राप्त गरिरहेका छन् । टोलीलाई शीर्ष डिभिजनमा पुर्याउने चुनौतीबीच पूर्ण युवा खेलाडीलाई आफ्नो अनुभव साटिरहेका छन् ।

‘सबै खेलाडी राम्रा छन् । एउटै स्तरका छन्,’ पूर्ण बताउँछन्, ‘हौसला दिइरहेको छु । सिनियर खेलाडीका नाताले भाइहरुलाई आफूसँग भएको अनुभव साटिरहेको छु ।’

यसैगरी तेस्रो सिजन बिताइरहेका सेन्टर ब्याक रोशन आङदाङ्बे टोलीका अर्का प्लेयर्स टु वाच हुन् । रोशन राइजिङ खेलाडी र अनुभवी खेलाडीको मिश्रणलाई टोलीको बलियो पक्ष मान्छन् ।

‘शीर्ष डिभिजन खेलेका, मोफसल खेल्दै आएका र युवा उर्जावान खेलाडी नै टोलीको बलियो पक्ष हो,’ रोशन भन्छन्, ‘यसपाली ए डिभिजन चढ्ने लक्ष्य छ ।’

आत्तरखेल, जोरपाटी घर भएका १९ वर्षीय मिडे शेर्पा लिगमा पहिलो अनुभव लिने क्रममा छन् । अट्याटिङ मिड्फिल्डर प्रतियोगिताका लागि उत्साहित छन् । पहिलो अनुभवका बावजुद मिडेले प्रभावशाली प्रदर्शन गर्नेमा क्लब आशावादी छ ।

नयाँबस्तीले फागुन २८ गते ब्वाइज युनियनसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्दैछ ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।