चैत्र २०, २०८१ बुधबार | १४:३७:३८
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

टिम परिचयः घरेलु फुटबलको आरोह-अवरोहमा रुमल्लिएको ब्रिगेड ब्वाइज

काठमाडौं । ललितपुर मानभवनको ब्रिगेड ब्वाइज क्लब गत संस्करण शीर्ष डिभिजनबाट घटुवा भएको थियो । पछिल्ला तीन संस्करण शीर्ष डिभिजनमा टिकिरहन संघर्ष गरेको ब्रिगेड ब्वाइज अन्ततः २०७८ सालमा रेलिगेशनमा परेको थियो । त्यतिबेला क्लबले च्यासल युथ क्लबसँगै शीर्ष डिभिजनको हैसियत गुमाएको थियो ।

अहिले क्लब पहिलो प्रयासमै शीर्ष डिभिजनमा उक्लिन तयारी गरिरहेको छ । पछिल्लो तीन सातायता ब्रिगेड ब्वाइजको टोली ए डिभिजनमा फर्किने लक्ष्यसहित लगनखेलस्थित बुद्धि विकास खेल मैदानमा दैनिक तीन घण्टा पसिना बगाइरहेका छन् ।

ब्रिगेड ब्वाइज क्लब सन् १९८७ मा स्थापना भएको हो । हङकङ बसोबास गर्ने बेलायती सेनामा कार्यरत नेपालीका सन्ततीले देशभित्र फुटबल संस्कार बसाल्ने प्रयासमा क्लबको स्थापना गरेका थिए । यो साढे तीन दशकको यात्रामा बिग्रेड ब्वाइजले नेपाली फुटबलमा विभिन्न आरोह अवरोहको सामना गरेको छ ।

क्लब स्थापनाकै वर्ष टोलीले सी डिभिजन छनोट प्रतियोगिता खेलेको थियो । पहिलो प्रयासमै टोलीले श्रेणी फुटबलमा स्थान बनायो । सन् १९९३ मा क्लब ‘सी’ डिभिजन च्याम्पियन बन्दै दोस्रो डिभिजनमा उक्लियो । त्यसपछि शीर्ष डिभिजनमा पुग्न क्लबलाई ११ वर्ष लाग्यो । विक्रम सम्बत २०६० सालमा टोलीले पहिलो पटक शीर्ष डिभिजनको हैसियत प्राप्त गर्यो । तर, क्लबको त्यो हैसियत धेरै समय टिक्न सकेन । ए डिभिजन खेल्न थालेको तेस्रो सिजन अर्थात् २०६३ को लिगमा क्लब रेलिगेशनमा पर्यो । त्यतिबेला ब्रिगेड ब्वाइज कोटेश्वरको सरस्वती युवा क्लबसँगै रेलिगेशनमा परेको थियो ।

रेलिगेशनमा परेको दुई वर्ष पछि बिग्रेड ब्वाइजले पुनः शीर्ष डिभिजनमा पुनरागमन जनायो । संयोग नै मान्नुपर्छ त्यो सिजन बिग्रेडसँगै सरस्वतीले पनि शीर्ष डिभिजनको हैसियत प्राप्त गरेको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्तर्गत सातदोबाटो युथ क्लबविरुद्ध बिग्रेड ब्वाइज क्लबका फरवार्ड अनिल गुरुङ (रातो), तस्विर सौजन्यः एन्फा ।

विक्रम सम्बत २०६८ को लिगमा ब्रिगेड ब्वाइज फेरि बी डिभिजनमा घटुवा भयो । दुई वर्षपछि फेरि शीर्ष डिभिजनमा उक्लियो । २०७० को बी डिभिजन च्याम्पियन ब्रिगेड ब्वाइजले त्यसपछि जसो तसो ८ वर्ष शीर्ष डिभिजनमा बितायो । यसबीच २०७५ सालको लिगमा क्लब १२औं स्थानमा रह्यो । २०७६ सालमा क्लबलाई भाग्यले साथ दियो । एउटा मात्र टोली घटुवा भएको सिजनमा टोलीले १३औं स्थानमा रहेर लिग टुंगाएको थियो । अन्ततः २०७८ को लिगमा क्लबले शीर्ष डिभिजनको हैसियत जोगाउन सकेन ।

घरेलु फुटबलमा भोगेको यो आरोह अवरोहलाई क्लबले स्वभाविक रुपमा लिन सकेको छैन । क्लबका पूर्व सचिव तथा आजीवन सदस्य प्रोगेश राई यसो भन्छन् ।

‘झर्न हामीलाई पीर थिएन । तर, फुटबलमा समर्पित भएर लागिरहँदा हामीलाई नियामक निकायले अन्याय गर्यो । खेल मिलेमतोका कारण हामी घटुवा हुन बाध्य भएका थियौं । हामीले एन्फासमक्ष उजुरी पनि पेश गरेका थियौं । एन्फाले छानविन समिति पनि गठन गरेको हो । तर, यसको कुनै सुनुवाई नै भएन,’ राई भन्छन्। ‘यसले गर्दा हामी हतोत्साहित पनि भएका थियौं ।’

शीर्ष डिभिजन उक्लिने प्रयासमा यसपाली ब्रिगेड ब्वाइजले प्रशिक्षक धनेश्वर प्रजापतीको नेतृत्वमा युवा टोली तयार पारेको छ । भक्तपुरको फुटबलमा लामो समय प्रशिक्षक भएर काम गरेका प्रजापति चुनौतीलाई आत्मसात गर्दै क्लबलाई शीर्ष डिभिजनमा लैजाने लक्ष्य रहेको बताउँछन् ।

‘हामी सबैको चाहना भनेको बढुवा हुनु नै हो । त्यही अनुसार हामीले यो चुनौतीलाई स्विकारेका छौं,’ प्रजापति भन्छन्, ‘नेपाली फुटबलमा सीमित बजेटमा काम गर्नुपर्छ । जसले गर्दा हामीले विभिन्न कुरामा सम्झौता गर्न बाध्य हुन्छौं । तर, यसो भनिरहँदा हामीले मिहिनेत छोडेका छैनौं । यसपाली क्लबलाई शीर्ष डिभिजनमा लैजाने लक्ष्य बोकेका छौं ।’

ब्रिगेड ब्वाइजले ट्यालेन्ट हन्टमार्फत केही युवा खेलाडीलाई क्लबमा भित्र्याएको छ । त्यस्तै क्लबमा उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडी र पूराना केही खेलाडीको मिश्रण देखिन्छ । युवा खेलाडीलाई प्राथमिकतामा राखिरहँदा क्लबले पोखराको साहारा क्लबबाट उत्पादन भएका केही खेलाडीलाई पनि अनुबन्ध गरेको छ ।

लगनखेलस्थित बुद्धि विकास खेल मैदानमा अभ्यासरत बिग्रेड ब्वाइज, तस्विरः सरोज सापकोटा/खेलाडी

साढे दुई वर्षअघि घरेलु मैदानमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका सेन्टर ब्याक विशाल नेपाली र लेफ्ट ब्याक गौरव महर्जन ब्रिगेड ब्वाइजका प्लेयर्स टु वाच हुन् । विशाल आफै साहाराका उत्पादन हुन् । विशाल पोखरामा सँगै खेलेका खेलाडी टोलीमा पाएकोमा खुसी छन् ।

डिभिजन फुटबलको पहिलो अनुभव लिन लाग्दा उत्साहित विशाल भन्छन्, ‘यसरी पहिले लिग खेलेको थिइँन । त्यसैले छुट्टै अनुभव भइरहेको छ,’ विशाल भन्छन्, ‘पोखरामा सँगै खेलेका साथीहरु भएका कारण केही सजिलो हुने अपेक्षा राखेको छु ।’

उता सामाजिक कल्याण क्लबबाट तेस्रो डिभिजन खेलिसकेका गौरव भन्छन्, ‘विगतका दिनमा बटुलेका अनुभवले यसपाली थप राम्रो खेल प्रस्तुत हुने अनुमान गरेको छु । मिहिनेत पनि त्यही अनुसार भइरहेको छ ।’

शीर्ष डिभिजनको अनुभव लिइसकेका ३१ वर्षिय सेन्टर ब्याक सुवित कार्की टोलीका सिनियर खेलाडी हुन् । शीर्ष डिभिजनबाट घटुवा हुनुको पीडा कुसुन्ती घर भएका सुविततलाई भन्दा अरुलाई के थाहा होला र ?

‘आर्थिक रुपमा कमजोर भएका कारण हामी गत संस्करण रेलिगेशनमा परेको जस्तो लाग्छ । नेपाली फुटबलमा यी कुरा सामान्य नै हुन् । धेरै कुराहरुमा हामीले सम्झौता गर्नुपर्ने हुन्छ,’ सुवितले भने, ‘आफ्नै क्लब रेलिगेशनमा पर्दा नराम्रो लाग्दो रहेछ । फेरि म त स्थानीय खेलाडी परेँ । त्यतिबेला टोली राम्रो थियो । सिनियर खेलाडी थिए । तर, भाग्य हाम्रो साथमा थिएन ।’

ब्रिगेड ब्वाइजले फागुन २६ गते श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्दै बी डिभिजन लिगको सुरुआत गर्नेछ ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।