चैत्र २०, २०८१ बुधबार | १४:३८:३०
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

टिम परिचयः टुसाल भन्छ शीर्ष डिभिजनमा चढ्नकै लागि खेल्ने हो

फाइल तस्वीर

काठमाडौं । यसापाली सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्न लागेका १४ मध्ये सात क्लबसँग शीर्ष डिभिजन लिग खेलेको अनुभव छैन । यी सात क्लबमा काठमाडौं महानगर ६, बौद्धको टुसाल क्लब पनि पर्छ ।

बौद्ध क्षेत्रमा फुटबलबाहेक सामाजिक र सांस्कृतिक काममा सक्रिय रहँदै आएको टुसाल क्लब विक्रम सम्बत २०४६ सालमा स्थापना भएको हो । ३५औं जन्मोत्सव मनाउने तयारी गरिरहँदा क्लबमा एक दर्जन पटक नेतृत्व परिवर्तन भइसकेको छ ।

टुसाल क्लब पहिलो पटक २०६० सालमा तेस्रो डिभिजनबाट दोस्रो डिभिजनमा उक्लिएको थियो । यो २१ वर्षको अन्तरालमा ११ वटा लिग भए । तर, क्लब अहिलेसम्म शीर्ष डिभिजनमा बढुवा हुन सकेको छैन ।

२०६९ फागुनमा सम्पन्न लिगमा टुसाललाई भाग्यले साथ दिएन । अंकतालिकाको दोस्रो स्थानमा रहेको टुसाल च्याम्पियन ब्वाइज युनियन क्लबभन्दा एक अंकले मात्र पछाडि परेको थियो । त्यो संस्करणमा एउटा टोलीलाई मात्र शीर्ष  डिभिजनमा बढुवा गरिएको थियो ।

पछिल्लो पटक २०७८ फागुनमा सम्पन्न लिगमा भने भाग्य टुसालको साथमा रह्यो । भाग्य यसअर्थमा की, ११औं स्थानमा रहेर लिग टुंगाएको टुसाल रेलिगेसनमा परेको सामाजिक युथ क्लबभन्दा एक अंकले मात्र अगाडि थियो ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७६ का दौरान टुसाल युथ क्लब, तस्विर सौजन्यः एन्फा ।

क्लबका १२औं अध्यक्ष विजय लामा अतितलाई बिर्सन चाहन्छन् । विगतका दिनमा जे जस्तो भए पनि क्लबले नयाँ सुरुआत लिन चाहेको उनी बताउँछन् । नो इफ, नो बट भनेझैँ, अध्यक्ष लामा क्लबलाई जसरी पनि शीर्ष डिभिजनमा चढाउने लक्ष्य रहेको बताउँछन् ।

‘हाम्रो लक्ष्य शीर्ष डिभिजन चढ्ने नै छ । तयारी त्यही अनुरुप भइरहेको छ,’ लामा भन्छन्, ‘भोलि खेल्दै जाँदा नतिजामा तल माथि हुनसक्छ । तर, हामी चढ्नकै लागि खेल्नेछौं ।’

फागुन २५ गते सुरु हुन लागेको बी डिभिजन लिगका लागि टुसालको तयारी अन्तिम चरणमा पुगेको छ । टुसाल विगत साढे दुई महिनायता मुलपानी थापा गाउँस्थित अमरसिंह क्लबको सोमतीर्थ खेल मैदानमा जोडतोडले प्रशिक्षण गरिरहेको छ । सोमतीर्थअघि क्लबले १५ दिन स्थानीय नयाँबस्ती मैदानमा सुरुआती प्रशिक्षण गरेको थियो ।

खुला छनोटबाट सुरु भएको यात्रामा अहिले २५ खेलाडी समावेश छन् । सिनियर र अनुभव भएका पाँच खेलाडी टोलीसँग जोडिँदै छन् । त्यसपछि बल्ल क्लबले अन्तिम टोली सार्वजनिक गर्ने बताएको छ । अभ्यासरत खेलाडी क्लबको निजी भवनमा होस्टल बसिरहेका छन् ।

झण्डै तीन महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको टोली फिटनेशको अभ्यास सकाएर बिल्डअपतीर लाग्दैछ ।

तीन महिना प्रशिक्षणमै बिताइसकेको टुसालले तीन महिनासम्म चल्ने भनिएको लिगका लागि आर्थिक जोहो कसरी गरिरहेको छ त ?

मुलपानी थापा गाउँस्थित अमरसिंह क्लबको सोमतीर्थ खेल मैदानमा प्रशिक्षण गर्दै टुसाल युथ क्लब, तस्विरः सरोज सापकोटा/खेलाडी ।

‘हामीलाई बौद्ध समुदायबाट सहयोग छ । बौद्धमा रहेका संघ–संस्थाहरु, वडा कार्यलयहरु, तामाङ कल्याण कोष क्षेत्र विकास समिति र बुद्धिजिवी र क्लबलाई माया गर्ने सबैबाट नैतिक, भौतिक र आर्थिक सहयोग प्राप्त गरेका छौं,’ लामाले भने ।

बराहक्षेत्र, सुनसरीका अभिषेक श्रेष्ठ र रामेछापका प्रकाश बस्नेत टोलीका प्लेयर्स टु वाच हुन् । सेन्टर ब्याक अभिषेक  खेलाडीको तालमेल मिलेका कारण टोली शीर्ष डिभिजनमा बढुवा हुनेमा विश्वस्त छन् ।

‘सिनियर र जुनियर खेलाडीको बन्डिङ राम्रो छ, तालमेल पनि राम्रो छ । यो नै क्लबको बलियो पक्ष हो,’ अभिषेक भन्छन्, ‘हामीले बढुवा हुने लक्ष्य बोकेका छौं ।’

त्यस्तै स्ट्राइकर प्रकाश खेलाडीमा शीर्ष डिभिजनमा बढुवा हुन सक्ने आत्मविश्वास रहेको बताउँछन् । उनी भन्छन्, ‘खेलाडीको मनोबल राम्रो छ । सबै पोजिसनमा राम्रा खेलाडी छन् । त्यसैले पनि शीर्ष डिभिजनमा चढ्न सकिनेमा सबै सकारात्मक छन् ।’

टुसालले फागुन २७ गते मध्यपुर युथ एसोशिएसनसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।