चैत्र २०, २०८१ बुधबार | १४:३७:३८
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

टिम परिचयः समर्थकलाई धैर्य राख्न सरस्वतीको आग्रह

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ का लागि अभ्यास गर्दै सरस्वती क्लब, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । कोटेश्वरको सरस्वती युवा क्लब शिर्ष डिभिजनबाट दोस्रो डिभिजनमा झरेको धेरै भएको छैन । फुटबलप्रेमीलाई अहिले पनि लाग्दो हो, सरस्वती अझै शीर्ष डिभिजनमै छ । तर, सरस्वतीले शीर्ष डिभिजनको हैसियत गुमाएको पाँच वर्ष भयो ।

सरस्वती २०७६ को लिगमा रेलिगेशनमा परेको थियो । त्यतिबेला एउटा टोली मात्र दोस्रो डिभिजनमा घटुवा गरिएको थियो । त्यसपछि सरस्वतीले २०७८ सालको चैत्र महिनामा भएको ‘बी’ डिभिजन लिग खेल्यो । जहाँ टोलीले छैटौं स्थानमा रहेर लिग टुंगाएको थियो । त्यसयता अखिल नेपाल फुटबल संघ(एन्फा)ले ‘बी’ डिभिजन लिग गर्न सकेको छैन ।

ठ्याक्कै तीन वर्षपछि एन्फाले यही फागुन २५ बाट ‘बी’ डिभिजन लिग सञ्चालन गर्दैछ । त्यसैले दूर्लभ लिगको अवसरलाई सरस्वती खेर फाल्न चाहँदैन ।

खासमा सरस्वतीलाई साख फिर्ता ल्याउने चुनौती छ । यही कारण टोली दोस्रो प्रयासमै शीर्ष डिभिजनको हैसियत प्राप्त गर्न चाहन्छ । यसका लागि क्लबले कोटेश्वरबाट साढे ६ किलोमिटर पर कागेश्वरी मनोहरा ७, थापा गाउँस्थित अमरसिंह क्लबको सोमतीर्थ खेल मैदानमा जोडतोडले प्रशिक्षण गरिरहेको छ ।

धुलाम्मे मैदानमा खेलाडीले दैनिक ३ घण्टा पसिना बगाइरहेका छन् ।

सरस्वतीले तयारी थालेको एक महिनाभन्दा धेरै भइसक्यो । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल छन् ।

खुला छनोटमार्फत पहिलो चरणमा एक सय खेलाडीबाट सरस्वतीले ३० खेलाडी छानेको थियो । दोस्रो चरणमा १५ खेलाडी छनोट भए । १५ मध्ये ११ खेलाडी तेस्रो अर्थात फाइनल चरणमा स्थान बनाउन सफल भए । क्लबले पोजिसन अनुसार खेलाडी भित्र्याउने प्रयास गर्दा प्रदेश लिग, ललित स्मृति यु–१८ र केही सिनियर खेलाडी गरि अरु १५ खेलाडी टिममा थपेको छ । अहिले क्लब अन्तिम टोली सार्वजनिक गर्ने तयारीमा छ ।

क्लब अन्तिम तयारीमा जुटिरहँदा टोली कस्तो बनेको छ त ?

‘टोली राम्रो बनेको छ । संरचनात्मक रुपमा हामीले जसरी टोलीलाई तयार पार्न खोजिरहेका थियौं, त्यो भइरहेको छ,’ प्रशिक्षक साहुखल भन्छन् ।

काठमाडौं ३२ ,कोटेश्वर क्षेत्रभित्र अहिले चार वटा क्लब श्रेणी फुटबलमा छन् । यी चारमध्ये सरस्वती सबैभन्दा पूरानो क्लब हो ।

फुटबलको हावा कोटेश्वरको युवामा लागेकै समय सरस्वती युवा क्लब स्थापना भएको हो । २०३४ सालमा कोटेश्वरका युवा जमातले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा क्लब दर्ता गरेका थिए । जुन कोटेश्वरको फुटबल अभियान थियो । क्लब स्थापनाको २८ वर्षपछि सरस्वती शीर्ष डिभिजनमा उक्लिएको थियो ।

२०६२ सालमा भएको ‘बी’ डिभिजन लिगमा शीर्ष दुई स्थानमा अटाएको सरस्वतीले २०६३ सालको ‘ए’ डिभिजन लिग खेलेको थियो । तर, पहिलो अनुभवमै क्लब रेलिगेशनको शिकार बन्यो । १४ टोलीको सहभागिता रहेको लिगमा सरस्वती १३औं स्थानमा सीमित भयो । पुछारमा रहेको बिग्रेड ब्वाइज क्लब पनि यसपालि सरस्वतीसँगै शीर्ष डिभिजनको हैसियत प्राप्त गर्न प्रतिस्पर्धा गर्दैछ ।

त्यसपछि क्लव २०६६–६७ सालको लिगमा ‘बी’ डिभिजनको शिर्ष स्थानमा रहँदै फेरी ‘ए’ डिभिजनमा उक्लिएको थियो । २०६८ सालको लिगमा १३औं स्थानमा रहेको सरस्वती २०६९ को लिगमा नवौं स्थानमा रहेको थियो । जसका कारण उसले सुपर लिगमा स्थान बनाउन सकेन । यस्तै २०७० को लिगमा पनि सरस्वती नवौं स्थानमा रहँदै सुपर लिगमा पुग्न सकेन । त्यसपछि पाँच वर्ष लिग नै भएन । ७५ को लिगमा टोली नवौं स्थानमा रह्यो ।

कोटेश्वरको पूरानो क्लब अनि शीर्ष डिभिजनको अनुभव लिइसकेको क्लबको नेतृत्व गरिरहँदा मुख्य प्रशिक्षक साहुखललाई कत्तिको चुनौती छ त ?

‘त्यस्तो दबाब त छैन । हामीले खेलाडी नै नभएको स्थितिबाट सुरु गरेका थियौं । पहिले टोली पूर्ण रुपमा निर्माण गर्छौँ, त्यसपछि बल्ल उपाधिका बारेमा सोच्छौं,’ साहुखल भन्छन्, ‘अरु टोलीको पनि त्यही स्थिति छ । खेलाडीहरुको जोहो गर्न नै गाह्रो छ । त्यसैले दबाब छैन ।’

यद्यपि अध्यक्ष उत्तम भण्डारी भने यसपालि जसरी पनि क्लबलाई ‘ए’ डिभिजनमा पुर्याउने लक्ष्य रहेको बताउँछन् ।

‘हामीले बढुवा हुने नै लक्ष्य बोकेका छौं । अध्यक्ष भएर गर्नुपर्ने सबै काम गरिरहेको छु । व्यावसायिक क्लबले पूरा गर्नुपर्ने सबै मापदण्डहरु पूरा गर्दै अगाडि बढिरहेको छौं,’ भण्डारी भन्छन् ।

युवा खेलाडी धेरै भएकाले टोलीले शीर्ष डिभिजनको अनुभव भएका शक्ति राईलाई अनुबन्ध गरेको छ । शक्तिसँग फ्रेन्ड्स, हिमालयन शेर्पा जस्ता क्लबबाट खेलेको अनुभव छ । ३४ वर्षीय शक्ति टोलीमा युवा खेलाडीको बाहुल्य भए पनि टिम वर्क राम्रो भएकाले लिग जित्न सक्ने बताउँछन् ।

‘टोली राम्रो छ । लक्ष्य अनुसारको टोली छ । सबै युवा छ । लिग जित्न सक्छौं,’ शक्ति सुनाउँछन् ।

त्यस्तै क्लबले बागमती प्रदेश लिगबाट खेलाडी स्काउट गर्दै सेन्टर ब्याक निर्दोष थिङलाई भित्र्याएको छ । सिन्धुलीको ब्लु अल्पाइन क्लबबाट खेलेका निर्दोषले डिभिजन फुटबलको ‘डेब्यु’ अनुभवमै सरस्वतीलाई च्याम्पियन बनाउने लक्ष्य बोकेका छन् ।

‘यो मेरो डिभिजन फुटबलको पहिलो अनुभव हो । आफूलाई भाग्यमानी ठानेको छु,’ निर्दोष भन्छन्, ‘ए मै जाने लक्ष्यका साथ सरस्वती आएको हुँ ।’

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ का लागि अभ्यास गर्दै सरस्वती क्लब, तस्विरः सरोज सापकोटाखेलाडी

यसैगरी युवा मिडफिल्डर सुसान जबेगु सरस्वतीका अर्का ‘प्लेयर टु वाच’ हुन् । खुमलटारबाट भर्खरै सम्पन्न ललित स्मृति यु–१८ लिग खेलेका सुसान युथ लिगको अनुभवले ‘बी’ डिभिजनमा सजिलो हुने बताउँछन् ।

‘मैले युथ लिगहरु खेलिसकेको छु । यसले केही सहयोग मिल्नेछ । तर, श्रेणी फुटबल केही गाह्रो अवश्य पनि हुनेछ । नयाँ चुनौतीको लागि उत्साहित साथसाथै तयार छु,’ सुसानले भने ।

सरस्वतीले फागुन २८ गते बांसबारी क्लबसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ । प्रशिक्षक साहुखल क्लबका समर्थकलाई पेसेन्ट हुन आग्रह गर्छन् ।

‘समर्थकलाई पेसेन्ट रहन भन्न चाहन्छु । नेपाली समर्थकहरु टोलीले राम्रो गर्दा एकदमै खुसी हुन्छन्, अनि नराम्रो गर्दा गाली गर्ने स्वभावका हुन्छन् । हामीले समर्थकबाट पछाडि बसेर साथ र हौसला प्रदान गर्ने गर्छन्,’ साहुखल अनुरोध गर्छन्, ‘हाम्रो प्रक्रियालाई भरोसा गर्नुहोस् ।’

हेर्नलायक खेलाडी
१. शक्ति राई – फरवार्ड
२. सुसान जबेगु – मिडफिल्डर
३. निर्दोष तामाङ – रक्षक

https://youtu.be/xbdIJyHaT9w?si=vlLjPD8euJ3ZJZyd


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।