फाल्गुन २८, २०८१ बुधबार | १०:०८:५४
इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित

केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोली

गत संस्करणको विजेता मच्छिन्द्र फुटबल क्लब, फाइल तस्विर ।

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा ९ टोली टोलीले सहभागिता जनाउने भएका छन्।

प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाउने छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म हुँदैछ । मछिन्द्र दुवै संस्कणको  विजेता हाे । 

पछिल्लो संस्करण खेलका चर्च ब्वाइज युनाइटेड, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब र मानेभञ्याङ फुटबल क्लबले भने यस पटक हुने छैनन् । उनीहरूको स्थानमा एपिएफ, संकटा, ब्ल्याक बुल्स र ट्रास्पोर्टलाई समावेश गराइएको हो ।

प्रतियोगिताको क्वार्टरफाइनल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

तेस्रो संस्करणमा पुरस्कार रकम बृद्धि भएको छ । यस पटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल  प्राप्त गर्नेछन् ।

गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल  प्रदान गरिने छ  ।

त्यस्तै हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउने छ ।


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081