माघ १८, २०८२ आइतबार | १२:४९:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

रश्मी चम्किदा एपिएफको सानदार जित

बालिङविरुद्ध प्रतिस्पर्धा गर्दै रश्मी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा वालिङ नगरपालिकाविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ ।  लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ ।

पहिलो खेलमा एपिएफले बागमती युवा क्लबलाई ५-१ ले पराजित गर्दा वालिङले पुलिससँग ५-० को हार ब्यहोरेको थियाे ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुलेसमान दुई र अनिता केसीले एक गोल थपे ।

एपिएफ र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गीताले टोलीको अग्रता दोब्बर बनाइन् ।

रश्मीले छैटौं र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एपिएफ ४-० ले अगाडि बढ्यो ।

सुरुले ३१ र ३९औं मिनेटमा गोल गर्दा एपिएफको अग्रता ६-० मा पुग्यो । ४२औं मिनेटमा गीताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।

रश्मीले ७७औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा अनिताले गोल गर्दै एपिएफलाई ९-० को सनदार जित दिलाइन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।