चैत्र १६, २०८२ सोमबार | १७:०६:०९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

रश्मी चम्किदा एपिएफको सानदार जित

बालिङविरुद्ध प्रतिस्पर्धा गर्दै रश्मी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा वालिङ नगरपालिकाविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ ।  लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ ।

पहिलो खेलमा एपिएफले बागमती युवा क्लबलाई ५-१ ले पराजित गर्दा वालिङले पुलिससँग ५-० को हार ब्यहोरेको थियाे ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुलेसमान दुई र अनिता केसीले एक गोल थपे ।

एपिएफ र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गीताले टोलीको अग्रता दोब्बर बनाइन् ।

रश्मीले छैटौं र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एपिएफ ४-० ले अगाडि बढ्यो ।

सुरुले ३१ र ३९औं मिनेटमा गोल गर्दा एपिएफको अग्रता ६-० मा पुग्यो । ४२औं मिनेटमा गीताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।

रश्मीले ७७औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा अनिताले गोल गर्दै एपिएफलाई ९-० को सनदार जित दिलाइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो