काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगको दोस्रो स्थान पुग्ने अवसर गुमाएको छ । लन्डनको टोली सोमबार राति इपस्विच टावनसँग २–० ले पराजित भयो ।
घरेलु टोलीको जितमा लिआम डेलाप र ओमारी हटचिन्सनले गोल गरेका हुन् । जाआओ फेलिक्सले गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन ।
खेलको १२औं मिनेटमा लिआमले पेनाल्टीमा गोल गरे । फेलिक्सले २४औं मिनेटमा बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । ५३औं मिनेटमा ओमारीले गोल गर्दै २९ हजार समर्थकलाई खुसी दिलाएका थिए ।
पोर्टम्यान रोडको यो हारसँगै चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने अवसर गुमायो । साथै दोस्रो स्थानबाट बञ्चित पनि रह्यो ।
हारपछि १९ खेलबाट ३५ अंकसहित चेल्सी चौथो स्थानमा छ । उसलाई आर्सन र नटिघंम फोरेष्टले उछिनेका छन् । १८ खेलबाट शीर्ष स्थानको लिभरपुलको ४५ अंक छ । रेलिगेशन क्षेत्रमा रहेको नयाँ टोलीको १५ अंक छ ।
राति नै भएको खेलमा एस्टन भिल्ला र ब्राइनटले २–२ को बराबरी खेलेका छन् । म्यानचेष्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भयो ।