काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा आफ्नो अपाराजित यात्रालाई ११औं खेलसम्म पनि कायम राखेको छ ।
जितसँगै ११ खेलमा २१ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । पराजित युडिनेस समान खेलबाट १६ अंकका साथ आठौं स्थानमा छ ।
घरेलु मैदान ब्ल्युइनर्जी रंगशालामा युभेन्टसले शनिबार युडिनेसविरुद्ध २ ० को सहज जित निकाल्यो । युभेन्टसका लागि निकोल सभोनाले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको १९औं मिनेटमा मडुका ओकेयीबाट आत्मघाती गोल हुन पुग्दा युभेन्टसले अग्रता लिएको थियो । ३७औं मिनेटमा साभोनाले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टसले सहज जित निकाल्यो । शनिबारै सम्पन्न अन्य खेलमा एसी मिलानले मोन्जा तथा बोलोग्नाले लिसविरुद्ध समान १ ० को जित निकाले
भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports