काठमाडौं । इङ्ल्यान्ड युइएफए नेसन्स लिगमा बिहीबार ग्रिससँग २-१ ले पराजित भएको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेर ग्रिस लिग ‘बी’ को समूह-२ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित इङ्ल्यान्ड समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।
लण्डनस्थित वेम्बली रंगशालामा ग्रिसलाई जित दिलाउन दुवै गोल भन्जेलिस पाव्लिडिसले गरे । इङ्ल्यान्डका लागि जुड बेलिङघमले एक गोल फर्काए ।
खेलको ४९औं मिनेटमा पाव्लिडिसको गोलमार्फत ग्रिसले अग्रता लिएको थियो । ८७औं मिनेटमा बेलिङघमले इङ्ल्यान्डलाई बराबरीमा ल्याए ।
अतिरिक्त समयमा पाव्लिडिसले व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिसलाई रोमाञ्चक जित दिलाए ।
लिगअन्तर्गतकै अन्य खेलमा माल्दोभाले एन्डोरालाई २-०, नर्थ म्यासेडोनियाले लात्भियालाई ३-०, जिब्राल्टरले सान मारियोलाई १-०, आयरल्यान्डले फिनल्यान्डलाई २-१ र अस्ट्रियाले काजकिस्तानलाई ४-० ले पराजित गरे ।