चैत्र १२, २०८२ बिहीबार | २२:१७:४२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आर्मीकाे पहिलाे जित

काठमाडौं । भरत खवासको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आर्मीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले पराजित गर्यो ।

जितसँगै तीन खेलबाट पाँच अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी पहिलो खेलमा पुलिससँग १–१ र दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

बिबिसीको यो पहिलो हार हो । पहिलो खेलमा एपिएफलाई ३–२ ले पराजित गर्दा दाेस्राे खेलमा बिबिसी एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । तीन अंक जोडेको बिबिसी तालिकाको सातौंं स्थानमा झरेको छ ।

आर्मीका भरत खवासले ८५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भरतले सन्तोष तामाङले बक्सबाहिरबाट दिएको बललाई पेनाल्टी क्षेत्रबाट जालीकाे दिशा दिएका थिए।

त्यसअघि बिबिसीका शिशिर लेखीले पेनाल्टी बक्स बाहिरबाट २६औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

आर्मीका मिडफिल्डर सन्तोष तामाङले ३७औं मिनेटमा बायाँतर्फबाट प्रहार गरेको कर्नरमा कप्तान भरत खवासको हेडर फ्रेममा परेन ।

आर्मीका सन्तोष तामाङको पासमा ६२औं मिनेटमा टेकबहादुर बुढाथोकीले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार बिबिसीका गोलकिपर पूर्ण लिम्बुले बचाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो