चैत्र १४, २०८२ शनिबार | ०६:२१:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जापानको फराकिलो जित

काठमाडौं। पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जापानले पाराग्वेविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै समूह ‘डी’ को जापानले तीन अंक जोडेको छ । बोर्डडेयुक्स रंगशालामा जापानलाई जित दिलाउन शनसुके मिटो र फुजियो शोटाले समान दुई तथा रिहितो यामामोटोले एक गोल गरे ।

खेलको १९औं मिनेटमा मिटोको गोलमार्फत जापानले अग्रता लिएको थियो । उनैले ६३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

६ मिनेटपछि नै यामामाटोले जापानका लागि तेस्रो गोल गरे । शोटाले ८१ र ८७औं मिनेटमा गोल गर्दै जापानलाई ५-० को जित दिलाए ।

यही समूहको अर्को खेलमा इजरायल र माली १-१ को बराबरीमा रोकिएका छन् ।

यसैगरी अन्य खेलमा फ्रान्सले अमेरिकालाई ३-०, न्युजिल्यान्डले गिनिया तथा इराकले युक्रेनलाई समान २-१ ले पराजित गर्दा इजिप्ट डोमोनिकन रिपब्लिकसँग गोलरहित बराबरीमा रोकियो ।

ओलम्पिको पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने गर्छ । ओलम्पिकको औपचारिक उद्घाटन साउन ११ गते हुने भए पनि फुटबलको प्रतिस्पर्धा बुधबारबाट सुरु भएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो