काठमाडौं । कोलम्बियालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अर्जेन्टिना कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
यससँगै अर्जेन्टिनाले एकल रूपमा सबैभन्दा बढी कोपा अमेरिका जित्ने टोली बनेको छ । अर्जेन्टिनाले उरुग्वे (१५) लाई पछि पार्यो ।
अमेरिकाको हार्ड रक रंगशालामा सोमबार अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले गोल गरे । उनले खेलको ११२औं मिनेटमा जियोभानी लो चेल्सोको पासलाई पोस्टको दिशा दिएका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसअघि ७६औं मिनेटमा निकोलस गोन्जालेजले गोल गरे पनि भिएआरमा अफसाइड देखिँदा त्यसले मान्यता पाएन ।
अर्जेन्टिनाको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय उपाधि हो । यसअघि अर्जेन्टिना सन् २०२१ मा कोपा अमेरिका र २०२२ मा फिफा विश्वकप च्याम्पिियन बनेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
