काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रविन खड्कालाई राष्ट्रिय यु-२० टोलीको व्यवस्थापकमा नियुक्त गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले आइतबार खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।
खड्का सातदोबाटो युथ क्लबका महासचिव पनि हुन् । एन्फाले यसअघि नै उर्जन श्रेष्ठलाई मुख्य, सशिन्द्र धिमाललाई सहायक र राजु सिंहलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ ।
नेपालले आगामी अगस्ट १६ देखि २८ तारिखसम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको आयोजना गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खुला खेलाडी छनोट भइरहेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
