माघ १८, २०८२ आइतबार | १२:३१:३६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

टर्कीको सहज जित

काठमाडौं । युरो २०२४ मा टर्कीले सहज जित निकालेको छ । मंगलबार राति जर्मनीमा भएको खेलमा टर्कीले जर्जियालाई ३–१ ले हरायो ।

टर्कीको जितमा मेर्ट मुल्दुर, अर्दा गुलर र करिम अक्तुरकोग्लुले गोल गरेका हुन् । जर्जियाका लागि जोर्गेस मिकौटाड्जले एक गोल फर्काए ।

जर्मनीको सिग्नल इडुना पार्कमा ६० हजार समर्थकमाझ मेर्टले टर्कीलाई २५औं मिनेटमा अग्रता दिलाएका हुन् । दुई मिनेटपछि नै केनान यिल्दिजले गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता त्यसलाई दिएन ।

जोर्गेसे ३२औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरी हुँदा टर्कीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । अर्दाले ६५औं मिनेटमा दोस्रो गोल गरे । सात मिनेटको इन्जुरी समयमा करिमले गोल गर्दै टर्कीको लागि तीन अंक सुनिश्चित गरेका हुन् ।

राति नै भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले हरायो ।

पोर्चुगलको पुनरागमन जितमा फ्रान्सिस्को कोन्सेकाओले गोल गरेका हुन् । उनी डेब्यु खेलमै गोल गर्न सफल रहे । यसअघि ९०औं मिनेटमा उनी भिटिन्हाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जर्मनीको लाइपजिकको रेडबुल एरिनामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । ६२औं मिनेटमा चेकले अग्रता बनायो । लुकास प्रोभोडले गोल गरे ।

६९औं मिनेटमा रोविन हरानाकले आत्माघाति गोल गर्दा खेल बराबरीमा पुगेको थियो । खेलका कप्तान क्रिष्टियानो रोनाल्डो गोलविहिन रहे । उनीसँगै बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, पेपे र रुविन डिआजले पूरा समय मैदान बिताएका थिए ।

समूहमा पोर्चुगल र टर्कीले पहिलो खेलबाट तीन अंक जोडेको छन् । चेक रिपब्लिक र जर्जियाले हारबाट प्रतियोगिता सुरु गरे । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।