चैत्र ७, २०८२ शनिबार | २२:०१:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टर्कीको सहज जित

काठमाडौं । युरो २०२४ मा टर्कीले सहज जित निकालेको छ । मंगलबार राति जर्मनीमा भएको खेलमा टर्कीले जर्जियालाई ३–१ ले हरायो ।

टर्कीको जितमा मेर्ट मुल्दुर, अर्दा गुलर र करिम अक्तुरकोग्लुले गोल गरेका हुन् । जर्जियाका लागि जोर्गेस मिकौटाड्जले एक गोल फर्काए ।

जर्मनीको सिग्नल इडुना पार्कमा ६० हजार समर्थकमाझ मेर्टले टर्कीलाई २५औं मिनेटमा अग्रता दिलाएका हुन् । दुई मिनेटपछि नै केनान यिल्दिजले गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता त्यसलाई दिएन ।

जोर्गेसे ३२औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरी हुँदा टर्कीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । अर्दाले ६५औं मिनेटमा दोस्रो गोल गरे । सात मिनेटको इन्जुरी समयमा करिमले गोल गर्दै टर्कीको लागि तीन अंक सुनिश्चित गरेका हुन् ।

राति नै भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले हरायो ।

पोर्चुगलको पुनरागमन जितमा फ्रान्सिस्को कोन्सेकाओले गोल गरेका हुन् । उनी डेब्यु खेलमै गोल गर्न सफल रहे । यसअघि ९०औं मिनेटमा उनी भिटिन्हाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जर्मनीको लाइपजिकको रेडबुल एरिनामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । ६२औं मिनेटमा चेकले अग्रता बनायो । लुकास प्रोभोडले गोल गरे ।

६९औं मिनेटमा रोविन हरानाकले आत्माघाति गोल गर्दा खेल बराबरीमा पुगेको थियो । खेलका कप्तान क्रिष्टियानो रोनाल्डो गोलविहिन रहे । उनीसँगै बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, पेपे र रुविन डिआजले पूरा समय मैदान बिताएका थिए ।

समूहमा पोर्चुगल र टर्कीले पहिलो खेलबाट तीन अंक जोडेको छन् । चेक रिपब्लिक र जर्जियाले हारबाट प्रतियोगिता सुरु गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो