चैत्र १२, २०८२ बिहीबार | २१:४३:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जर्मनीको विजयी सुरुआत

काठमाडौं । घरेलु टोली जर्मनीले युरोपियन च्यामिपयनसिपमा विजयी सुरुआत गरेको छ ।

एलियान्ज एरिनामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डविरुद्ध ५-१ को सानदार जित निकाल्यो ।

जर्मनीलाई जित दिलाउन फ्लोरिएन विर्ट्ज, जमल मुसियला, काइ हाभर्टेज, निकालस फुलक्रग र इमर क्यानले गोल गरे । स्कटल्यान्डले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गर्यो ।

खेलको १०औं मिनेटमा विर्ट्जको गोलमार्फत जर्मनीले अग्रता लियो । उनले जोसुवा किमिचको पासलाई सदुपयोग गरे । ९ मिनेटपछि नै हाभर्टेजको पासलाई पोस्टको दिशा दिँदै मुसियलाले टोलीको अग्रता दोब्बर बनाए ।

भिएआरले २५औं मिनेटमा पेनाल्टीलाई मान्यता नदिँदा जर्मनीले गोल अन्तर बढाउन पाएन । ४४औं मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटियो ।

पेनाल्टी बक्समा इल्के गुन्डोगानलाई फउल गरेपछि रेफ्रीले रायन पोर्टेअसलाई सिधै रातो कार्ड देखाए । त्यसमै प्राप्त पेनाल्टीमा हाभर्टेजले ले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३-० को आरामदायी अग्रता बनायो ।

फुलक्रगले ६८औं मिनेटमा टोलीका लागि चौथो गोल गरे । उनली हाभर्टेजको स्थानमा ६८औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

फुलक्रगले ७६औं मिनेटमा गोल गरे पनि भिएआरमा अफसाइड देखिँदा त्यसले मान्यता पाएन । ८७औं मिनेटमा एन्टेनियो रुडिगरबाट आत्मघाती हुन पुग्दा खेल ४-१ को स्थितिमा आयो ।

इन्जुरी समयमा क्यानले गोल गर्दै जर्मनीलाई ५-१ को सानदार जित दिलाए । क्यान ८०औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान प्रवेश गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो