एएफसी यु-१७ एसियन कप

यु-१७ एसियन कप छनोटः नेपाल कठिन समूहमा

फाइल तस्विर

काठमाडौं ।  नेपाल एएफसी यु-१७ एसियन कप २०२५ छनोटको कठिन समूहमा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’मा नेपाल , जापान, कतार र मंगोलिया छन् ।

यो समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ। छनोटका खेल आगामी अक्टोबरदेखि सुरु हुनेछ।