काठमाडौं जिल्लाव्यापी अन्तर स्कुल फुटबल

सांग्रीलाको फराकिलो जित

काठमाडौं । सांग्रीला स्कुलले काठमाडौं जिल्लाव्यापी अन्तर स्कुल फुटबल प्रतियोगितामा मंगलबार फराकिलो जित निकालेको छ।

सानो गौचरणमा सांग्रीलाले लोर्ड्स लाइट स्कुललाई ७-० ले पराजित गर्यो ।

यसैगरी मंगलबार नै सम्पन्न अन्य खेलमा ब्रम्हकुञ्ज स्कुलले गेटवे स्कुललाई २-१ ले पराजित गर्दा बोधि सदन सेकेन्डरी स्कुल र ग्राम सेवा सेकेन्डरी स्कुल गोलरहित बराबरीमा रोकिए ।

प्रतियोगिता काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा भइरहेको छ ।