काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको छ ।
सोमबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउँन एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए । उनले खेलको ४०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
बाँकी समयमा कुनै गोल हुन सकेन । दुबैतर्फबाट गोलका अवसर हुँदा पनि गोल भएनन् ।
कप्तान लियोनल मेसी भने ५६औं मिनेटपछि मैदान प्रवेश गरेका थिए । त्यसअघि अर्जेन्टिनाको अग्रपंक्ती डि मारियासहित लौटारो मार्टिनेज र जुलियन अल्भारेजले सम्हालेका थिए ।
कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । १४ टोली सहभागी प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् ।
साविक विजेता अर्जेन्टिनाले पहिलो खेलमा क्यानाडाको सामना गर्नेछ । समूह ‘ए’ मा अर्जेन्टिनासहित पेरु र चिली छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
