काठमाडौं जिल्लाव्यापी अन्तर स्कुल फुटबल

छहारी र पञ्चरत्न लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । छहारी शिक्षा सदन र पञ्चरत्न स्कुलले काठमाडौं जिल्लाव्यापी अन्तर स्कुल फुटबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् ।

सानो गौचरणमा आइतबार छहारीले विनायक इङ्लिस हाइ स्कुल तथा पञ्चरत्नले सन्दीपा पब्लिब स्कुललाई समान २-१ ले पराजित गरे ।

यसैगरी सांग्रिला स्कुलले न्युटन हाइ स्कुलविरुद्ध ६-१ को फराकिलो जित निकाल्यो ।

प्रतियोगिता काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा भइरहेको छ ।