फाल्गुन २८, २०८२ बिहीबार | ०८:२२:२२
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

दुई जनालाई मात्रै बहराइन जान राखेपले दियो स्विकृति

काठमाडौं । फिफा विश्वकप छनोटका लागि बहराइन जान लागेका १० मध्ये दुई जनालाई मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्विकृति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिफारिस गरेको दुई जनालाई मात्रै आज (राति) बहराइन जान राखेपले स्विकृति दिएको राखेप स्रोतले खेलाडी डटकमलाई बताएको छ ।

राखेपले राष्ट्रिय फुटबल टोलीका डाक्टर राजु डंगोल महर्जन र खेल पत्रकारलाई मात्र बहराइन जान स्विकृति दिएको हो । त्यसबाहेक ९ जनाले स्विकृत पाएका छैनन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै गत बुधबार (एन्फा) लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको थियो । त्यसपछि एन्फा प्रवक्त सुरेश शाह स्विकृति माग पत्रसहित त्रिपुरेश्वर राखेप कार्यलय धाइरहेका थिए ।

एन्फाले बारम्बार स्विकृतिका लागि आग्रह गरे पनि राखेपले अन्यलाई अनावश्यक रूपमा जान लागेको भन्दै स्विकृति नदिएको हो । ‘उहाँहरुले को मलेसिया गएको र को-को जान बाँकी केही खुलाउनु भएको छैन ।’ राखेप स्रोतले भन्यो ।

एन्फाको बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट थिए । यसैगरी राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत ( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी (खालीबारी युवा क्लब), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महत (जावलाखेल युथ क्लब) को नाम सिफारिस गरेको  थियो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल )गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) का लागि पनि स्विकृति माग गरेको थियो । उनीहरु सिधै मलेसियाबाट बहराइन  पुगिसकेका छन् ।  

यसैगरी विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर (सिइओ), जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल नेपाल फर्किएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल ५-१ ले पराजित भएको थियो ।

स्रोतका अनुसार एन्फाले १० जना हिजो (सोमबार) नै टिकट लिइसकेको छ । साथै सबैलाई एन्फाबाट खेल पोशाक पनि उपलब्ध गराइसकेको छ ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||