चैत्र १७, २०८२ मंगलबार | २३:२७:५२
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

ब्रम्ह कुञ्जलाई चेल्सी अन्तर स्कुल शिक्षक फुटसलको उपाधि

उपाधिका साथ विजेता ब्रम्ह कुञ्जको टिम । तस्बिर सौजन्य: चेल्सी वर्ल्ड स्कुल

काठमाडौं । भ्याली भ्यू इङ्लिस स्कुलविरुद्धको फाइनलमा जित हासिल गर्दै ब्रम्ह कुञ्ज शिक्षा सदनले १०औं चेल्सी अन्तर स्कुल शिक्षक फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलस्थित चेल्सी वर्ल्ड स्कुलको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा म्यान अफ दी म्याच आशिष श्रेष्ठको प्रदर्शन प्रेरित ब्रम्ह कुञ्चले ३-१ को जित हासिल गरेको थियो ।

प्रतियोगितामा १५ विद्यालयका शिक्षक टिमको सहभागिता थियो । चेल्सी वर्ल्ड स्कुलले वर्षेनी गर्ने प्रतियोगितामा यसपाली आयोजकका साथै एजिएम स्कुल, बौद्ध इन्टरनेसनल स्कुल, ब्रम्ह कुञ्ज शिक्षा सदन, क्याम्पियन एकेडेमी, ड्याफोडिल बोर्डिङ स्कुल, जेम्स, जोन डेवे स्कुल, मनकामना उच्च मावि, न्यु एरा एकेडेमी, न्यु जेनिथ स्कुल, राजर्षी गुरुकुल, सेन्ट लरेन्स स्कुल, दी एक्सेल्सियर स्कुल र भ्याली भ्यू इङ्लिस स्कुलको सहभागिता थियो ।

ब्रम्ह कुञ्ज च्याम्पियन तथा भ्याली भ्यू उपविजेता भएको प्रतियोगितामा जेम्स स्कुलले फेयर प्लेको पुरस्कार जित्यो । यसैगरी विजेता ब्रम्ह कुञ्जका अविन थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपर घोषित भए । तीन गोल गरेका भ्याली भ्यूका सुधिर महर्जनले उच्च गोलकर्ता तथा प्रतियोगितामा सबभन्दा छिटो गोल गर्ने पुरस्कार हात पारे । आयोजक चेल्सी वर्ल्ड स्कुलका रोशन राई प्रतियोगिताको प्रेरणादायी खेलाडी घोषित भए ।

प्रतियोगिता विजेता र उपविजेता टिम तथा अन्य विधाका विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र एन्फाको युवा विभागका प्रमूख प्रशिक्षक नवीन महर्जनलगायतले पुरस्कृत गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो