माघ १५, २०८२ बिहीबार | १५:३७:३३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

जोर्डनविरुद्ध उपाधिको लागि खेल्छौंः सावित्रा

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले जोर्डनविरुद्ध हुने फाइनल खेल जित्न खेल्ने बताएकी छिन् ।

मंगलबार राति लेवनानविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेपछि कीर्तिमानी गोलकर्ता सावित्राले यो प्रतिक्रिया दिएकी हुन् ।

‘फाइनल प्रतिद्वन्दी जोर्डन राम्रो टोली हो । उपाधिको लागि खेल्छौं । जोर्डनलाई सम्मान गर्छाै,’सावित्राले भनिन् । दोस्रो सेमिफाइनलमा नेपाल एक गोलले पछि परेकोस्थितिमा दुई गोल फर्काउन सफल भएको थियो ।

नेपालको जितमा सावित्रासँगै प्रीति राईले गोल गरिन् । प्रीतिले इन्जुरी समयमा सानदार गोल गरेकी हुन् । सावित्राले पहिलो हाफको तुलानामा दोस्रो हाफमा राम्रो भएको बताइन् । ‘हामीले पहिलो हाफमा राम्रो गर्न सकेनौं । हामीले बल कन्ट्रोलमा राख्यौं । केही गाह्रो पनि भयो । तर, दोस्रो हाफमा राम्रो भयो ।’

नेपाल र जोर्डनबीचको खेल शुक्रबार राति हुनेछ । तर, प्रतियोगितामा सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा खेल्ने या नखेल्ने टुंगो छैन । ब्यवसायीक फुटबल फ्रेन्च लिगबाट खेलिरहेकी सावित्राको उतै फर्कन पर्ने भएको छ ।

यदपि अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्च क्लब एन आभान्ट ग्वेङगाम्पबीच कुटनीतिक पहल भएको अवस्था र दुईपक्षिय समझदारीमा मात्रै सावित्राले देशको लागि खेल्न पाउनेछिन् ।

यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको हो । एञ्जिलाको कप्तानीमा नेपाल ३८ वर्षपछि उपाधि जित्यो लक्ष्यमा छ । यसअघि नेपालले १० फाइनल खेलपछि उपाधि जित्न सकेको छैन । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।