चैत्र ८, २०८२ आइतबार | ०१:५७:२६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जोर्डनविरुद्ध उपाधिको लागि खेल्छौंः सावित्रा

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले जोर्डनविरुद्ध हुने फाइनल खेल जित्न खेल्ने बताएकी छिन् ।

मंगलबार राति लेवनानविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेपछि कीर्तिमानी गोलकर्ता सावित्राले यो प्रतिक्रिया दिएकी हुन् ।

‘फाइनल प्रतिद्वन्दी जोर्डन राम्रो टोली हो । उपाधिको लागि खेल्छौं । जोर्डनलाई सम्मान गर्छाै,’सावित्राले भनिन् । दोस्रो सेमिफाइनलमा नेपाल एक गोलले पछि परेकोस्थितिमा दुई गोल फर्काउन सफल भएको थियो ।

नेपालको जितमा सावित्रासँगै प्रीति राईले गोल गरिन् । प्रीतिले इन्जुरी समयमा सानदार गोल गरेकी हुन् । सावित्राले पहिलो हाफको तुलानामा दोस्रो हाफमा राम्रो भएको बताइन् । ‘हामीले पहिलो हाफमा राम्रो गर्न सकेनौं । हामीले बल कन्ट्रोलमा राख्यौं । केही गाह्रो पनि भयो । तर, दोस्रो हाफमा राम्रो भयो ।’

नेपाल र जोर्डनबीचको खेल शुक्रबार राति हुनेछ । तर, प्रतियोगितामा सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा खेल्ने या नखेल्ने टुंगो छैन । ब्यवसायीक फुटबल फ्रेन्च लिगबाट खेलिरहेकी सावित्राको उतै फर्कन पर्ने भएको छ ।

यदपि अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्च क्लब एन आभान्ट ग्वेङगाम्पबीच कुटनीतिक पहल भएको अवस्था र दुईपक्षिय समझदारीमा मात्रै सावित्राले देशको लागि खेल्न पाउनेछिन् ।

यसअघि समूह बी मा नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको हो । एञ्जिलाको कप्तानीमा नेपाल ३८ वर्षपछि उपाधि जित्यो लक्ष्यमा छ । यसअघि नेपालले १० फाइनल खेलपछि उपाधि जित्न सकेको छैन । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो