चैत्र ७, २०८२ शनिबार | १४:३८:५३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

महिला साफ यु–१९ च्याम्पियनसिप: कमजोर तयारी, लक्ष्यचाहिँ उपाधि

काठमाडौ । दक्षिण एसियाली फुटबल महासंघको वार्षिक तालिकाअनुसार यसपालि साफ यु–१९ महिला च्याम्पियनसिप फेब्रुअरी पहिलो साता ढाकामा हुँदै छ । जहाँ नेपाल र आयोजक बंगलादेशसँगै भारत र भुटानको सहभागिता रहनेछ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा भोगेका खराब नतिजाका कारण माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाउने निर्णय गरेका छन् ।

दक्षिण एसियाली महिला फुटबलमा पछिल्लो समय चार देशको प्रतिस्पर्धा चर्को बन्दै छ । त्यसमा भारत र नेपाल दुई सदाबहार टोली भइहाले । भुटान र बंगलादेशले पनि अचेल आफूलाई मुख्य दाबेदारका रूपमा अगाडि बढाउन थालेका छन् ।

प्रशिक्षण सोचेजस्तो हुन सकेको छैन । प्रतियोगिताअघि युवा खेलाडीले मैत्रीपूर्ण खेल खेल्न पाएका छैनन् । जसका कारण प्रतियोगिताअघि टोलीको वास्तविक परीक्षण हुन पाएकै छैन ।

भुटानले समग्र फुटबलमै व्यापक सुधार गरिरहेको छ भने बंगलादेशले पछिल्लो दशकमा महिला फुटबललाई मिसन बनाएर गतिविधि सञ्चालन गरिरहेको छ ।

यही कारण हो, पछिल्लो दशकमा बंगलादेशले सिनियरदेखि जुनियर प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्दै उपाधि नै जित्न थालेको । भारतको एकपक्षीय दबदबामा चुनौती दिने नेपाल एकमात्र विपक्षीका रूपमा रहँदा बंगलादेशले पनि त्यसमा आफूलाई उभ्याएको छ । इमान्दारीपूर्वक भन्ने हो भने पछिल्लो समय नेपाललाई बंगलादेशको महिला फुटबलले उछिन्न थालिसकेको छ ।

बंगलादेशमा हुने प्रतियोगिता जित्ने लक्ष्यसहित नेपालले अभ्यास भने गरिरहेको छ । मुख्य प्रशिक्षक बालगोपाल साहुखलले प्रतियोगिताको दुई साताअघि नै खुला छनोटबाट २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । कप्तान भने चयन गर्न बाँकी छ । नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दैनिक प्रशिक्षण गरिरहेको छ ।

तर, प्रशिक्षण सोचेजस्तो हुन सकेको छैन । प्रतियोगिताअघि युवा खेलाडीले मैत्रीपूर्ण खेल खेल्न पाएका छैनन् । जसका कारण प्रतियोगिताअघि टोलीको वास्तविक परीक्षण हुन पाएकै छैन । स्थानीय केही क्लबसँग खेलेको अभ्यास खेल नै नेपाली युवा टोलीले पाएका अवसर हुन् । अघिल्लो साता विभागीय टोली नेपाल पुलिस क्लबसँग युवा खेलाडीले प्रतिस्पर्धा गरेको थियो । बलियो पुलिसविरुद्ध युवा खेलाडी टिम ३–१ ले पराजित भयो ।

खुला छनोटको पहिलो चरणबाट साहुखलले ३३ खेलाडी छानेका थिए । त्यसबाट २३ खेलाडी छनोट गरिएको थियो ।

‘अभ्यास गरिरहेका छौं । टोलीलाई बलियो बनाउन प्रयासरत छौं । अझै समय बाँकी छ,’ प्रशिक्षक साहुखल भन्छन्, ‘उपाधि जित्ने लक्ष्य हो । त्यसमै केन्द्रित छौं ।’

प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । दोस्रो खेलमा भुटान र तेस्रो खेलमा भारतसँग खेल्ने तालिका छ । एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

प्रतियोगितामा भाग लिने टुंगो लागेसँगै एन्फाले खुला छनोटबाट टिम बनाउने निर्णय गरेको थियो । खुला छनोटको पहिलो चरणबाट साहुखलले ३३ खेलाडी छानेका थिए । त्यसबाट २३ खेलाडी छनोट गरिएको थियो ।

उमेर समूहबाट खेलिसकेकाको बाहुल्य


जिल्ला, प्रदेश हुँदै केन्द्रमा भएको छनोटमा साफ यु–१६ च्याम्पियनसिप र यु–१९ च्याम्पियनसिप खेलेका खेलाडीकै बाहुल्य छ टोलीमा । गोलकिपर लीला जोशीसँगै रक्षक दिव्या यस्मली मगर र सराह वज्राचार्यले यु–२० साफ च्याम्पियनसिप खेलिसकेका छन् ।

गोलकिपर सुजाता तामाङ र करुणा बुढाथोकीसँगै रक्षक सीता रोकाया, सिमरन राई, माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ र स्ट्राइकर सेनु परियार, सुक्रिया मिया तथा वर्षा ओलीले नेपालको प्रतिनिधित्व गर्दै यु–१७ महिला च्याम्पियनसिप खेलिसकेका छन् ।

पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलको अनुभव लिने तयारीमा रहनेमा रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, बिर्सना चौधरी, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान छन् ।

सधैं दाबेदार, उपाधि शून्य


प्रतियोगितामा नेपालले सधैं दाबेदारको हैसियतमा सहभागिता जनाउने गरेको छ । तर, अहिलेसम्म त्यो छविअनुसार उपाधि भने जित्न सकेको छैन । चार पटक नै सहभागी भए पनि नेपाल दुई पटक मात्रै फाइनलमा पुगेको छ । सन् २०१८ र २०२४ मा भएका दुवै फाइनल खेलमा नेपाली टोली बंगलादेशसँग पराजित भएको थियो ।

पछिल्लो समय घरेलु लिग नहुँदा नेपाली महिला फुटबलर खेलविहीन छन् । प्रतियोगिताअघि मात्रै एक महिनाको अभ्यासमा सीमित हुनुपरेको छ । ‘घरेलु लिग नहुँदा समस्या छ । लिग भएको भए यही टोलीले राम्रो खेल्न सक्थ्यो । राम्रा खेलाडी देखिने थिए । तर, महिला प्रतियोगितामा सबै कार्यक्रम ठप्प हुँदा सबैतिर समस्या छ,’ राष्ट्रिय महिला टोलीकी एक सदस्य दुःख पोख्छिन्, ‘लिग त भएन भएन । राम्रो अभ्याससमेत हुन सकेको छैन ।’  पछिल्लो संस्करणमा नेपाल फाइनल पुगेपछि बंगलादेशसँग ३–० ले स्तब्ध बनेको थियो ।

बंगलादेश तीन पटक च्याम्पियन


चार पटक भएको प्रतियोगितामा बंगलादेशले सर्वाधिक तीन र भारतले एक पटक उपाधि जितेको छ । नेपाल र भुटान च्याम्पियन बन्न सकेका छैनन् । नेपाल सन् २०१८ र २०२३ मा उपविजेता भएको थियो । दुवै पटक फाइनलमा बंगलादेशसँग पराजित भएको हो ।

सन् २०१८ मा नेपाललाई हराउँदै बंगलोदश पहिलो पटक च्याम्पियन भयो । पहिलो संस्करण भएको दुई वर्षपछि सन् २०२१ मा अर्काे प्रतियोगिता आयोजना भयो । त्यसमा भारतलाई १–० ले हराउँदै बंगलादेश नै च्याम्पियन भयो । सन् २०२२ मा तालिकाको शीर्षस्थानमा रहँदै भारत पहिलो पटक च्याम्पियन भएको हो । सन् २०२३ मा भएको प्रतियोगिताको फाइनलमा नेपाललाई हराउँदै बंगलादेश तेस्रो पटक उपाधि जित्न सफल भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो