चैत्र ६, २०८२ शुक्रबार | १८:४१:१७
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

टिमवर्कले जितेको स्वर्ण पदक

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सन् १९९३ मा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालिन साफ हालको साग)को छैटौं संस्करणमा नेपाल सहित सात राष्ट्रको सहभागिता थियो ।

प्रतियोगिताको अन्तिम दिनसम्म ११ खेलमा सहभागी भएको नेपालले ६ रजत र १५ कास्यसहित २१ पदक जित्दा स्वर्ण पदक हात पार्न सकेको थिएन । धनबहादुर बस्नेत प्रशिक्षक रहेको नेपाली फुटबल टोलीमा राजुकाजी शाक्य कप्तान थिए ।

नेपाल सामान्य अभ्यासको बीच प्रतितियोगिता खेल्न ढाका पुगेको थियो । ‘नेपालमा अभ्यास कमजोर भए पनि खेलाडी लगातार सँगै खेलेका थियौं । तालमेल पनि राम्रो हुँदा जित्ने लक्ष्यसहित ढाका पुगेका थियौं,’ कप्तान राजुकाजीले ती दिन स्मरण गर्दै भने ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । नेपालले पनि त्यही नतिजा निकाल्यो । समूहको निर्णायक खेल ‘गर या मर’स्थितिमा रहँदा नेपालले घरेलु टोली बंगलादेशलाई १–० ले हराएको थियो ।

बसन्त गुरुङले गरेको एकमात्रै गोलमा नेपालले घरेलु समर्थकमाझ बंगलादेशलाई हराएको हो । ‘खेलाडीबीचको तालमेल र जित्छौं भन्ने भावना भएकाले जित निकालिछाड्यौं,’ शाक्य सम्झन्छन् ।

तत्कालिन समयमा राजु शाक्यसँगै टोलीमा उमेश प्रधान, वसन्त, देवनारायण चौधरी, गोलरक्षक उपेन्द्रमान सिंह, राजेश थापा, राजेश मानन्धर, जीवन लामा, ज्ञानु शेरचन, सूर्यमान श्रेष्ठ, दीपक अमात्यहरु थिए ।

फाइनलमा स्थान बनाउन नसकेपछि बंगाली खेलाडीलाई समर्थकले मैदानमै आक्रमण गर्न पुगेका थिए । नाराबाजी र ढुंगामुढा नै भएको शाक्य सम्झन्छन् । यस घटनापछि नेपाली टोलीलाई नजिकै रहेको कभर्डहलमा पुर्याइएको थियो । ‘हार पछि समर्थक धेरै रिसाएका थिए । ढुंगामुढा भयो । जुत्ताले हान्न थाले । हामीलाई सुरक्षित राख्न कभर्डहल पुर्याइएको थियो । जहाँ नेपालका दलबहादुर रानाले बक्सिङमा प्रतिस्पर्धा गरिरहेका थिए ।’

नेपालले फाइनल प्रतिद्वन्दी भारत पाएको थियो । फाइनल अघि कुनै पदक नभएकाले खेलकुद परिषद्सहित सबै अफिसियलहरुको १२ बजे राति बैठक बसेको थियो ।

फाइनल खेलमा बंगलादेश नभएपछि नेपाललाई बंगाली समर्थकको साथ रहेको थियो । यद्यपि अग्रता भारतले नै बनायो ।

उमेश प्रधानले गोल गर्दै नेपाललाई १–१ स्थितिमा ल्याएका थिए । पुनः भारतले खेलमा २–१ को अग्रता बनायो । ‘हामी भारतले अग्रता बनाउँदा पनि आत्तिएनौं । सबै खेलाडीमा जित्छौं भन्ने पूर्णविश्वास थियो,’ शाक्य भन्छन् । दोस्रो हाफमा पाएको फ्रिकिकमा मणि शाहले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन् ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा पनि २–२ गोलकै बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीका नायक गोलकिपर उपेन्द्रमान सिंह भए । उनले भारतका दुई खेलाडीको पेनाल्टी बचाएका थिए ।

नेपालले पनि एक पेनाल्टी गुमाएको थियो । अन्तिम पेनाल्टी हान्न पुगेका बसन्त गुरुङको गोल भएसँगै नेपाल विजयी भयो । ‘भारतीय खेलाडीको पाँचौं प्रहार उपेन्द्रले बचाएपछि बसन्तले कुना च्यापेर हानेको प्रहार गोल भयो । हामी जित्न सफल भयौं,’ शाक्य ती स्मरण गर्दै खुसी हुन्छन् ।

स्वर्ण पदक जितेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टोलीलाई नै फोन गरेर बधाई दिएको शाक्यलाई याद छ । स्वदेश फर्किएपछि नेपाली टोलीलाई सरकारले त्रिभुवन विमानस्थलबाट र्याली गर्दै गौशाला हुँदै दशरथ रंगशालासम्म पु¥याएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो