माघ १५, २०८२ बिहीबार | १६:३५:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपाली फुटबलको विशेष दिन

काठमाडौं । नेपाली फुटबल इतिहासमा डिसेम्बर २६ अर्थात आजको दिनले विशेष महत्व बोकेको छ । तीन दशकअघि आजैको दिन बंगलादेशको ढाकामा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को फुटबलमा स्वर्ण पदक जितेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको त्यो दोस्रो स्वर्ण पदक थियो । त्यसअघि साफकै पहिलो संस्करण काठमाडौंमा आफैले आयोजना गर्दा स्वर्ण पदक जितेको नेपालले १९९३ मा दोस्रो पटक जितेको थियो ।

विदेशी भूमिमा भने नेपालले जितेको त्यो पहिलो स्वर्ण पदक थियो । ढाका साफमा नेपालको जम्बो टोली निक्कै निराश भएर घर फर्किनुपरेको थियो । नेपालले जितेको एउटै स्वर्ण पदक फुटबलको थियो । यसअर्थमा पनि त्यो पदक नेपालका लागि महत्वपूर्ण रहयो । नेपालले सबै ११ खेलमा सहभागिता जनाउँदा १ स्वर्ण, ६ रजत र १५ कांस्य गरि कुल २२ पदकका साथ पाँचौं स्थानमा चित्त बुझाएको थियो ।

ढाकामा भएको छौटौं साफको फुटबलमा कुल ६ टोलीको सहभागिता थियो । दक्षिण एसियाका सात देशको सहभागिता रहने क्षेत्रीय खेल महोत्सवको फुटबलमा त्यतिबेला भुटानले भने भाग लिएको थिएन । सबै देशबाट अहिलेजस्तो ओलम्पिक (२३ वर्ष मुनिको) टोली नभई साफमा राष्ट्रिय टिमले नै सहभागिता जनाउँथे ।

राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको थियो । जहाँ बंगलादेश र माल्दिभ्स नेपाली टोलीका प्रतिद्वन्द्वी थिए । अर्को समूहमा भारत, श्रीलंका र पाकिस्तान थिए । दुवै समूहका शीर्ष टोलीले सोझै फाइनलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए भने उपविजेता बन्ने टोलीले कांस्य पदकका लागि खेलेका थिए ।

समूहको पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित निकाल्दै विजेताको हैसियतमा फाइनलमा स्थान सुरक्षित गर्यो । नेपालका लागि समूह चरणको एकमात्र गोल वशन्त गुरुङले गरेका थिए ।

अर्को खेलमा बंगलादेश र माल्दिभ्सले गोलरहित बराबरी नतिजा निकालेका थिए । जसका कारण दुई अंकसहित माल्दिभ्स उपविजेताको हैसियतमा कांस्य पदक भिडन्तका लागि लायक भयने भने आयोजक बंगलादेश पहिलो चरणबाटै बाहिरियो ।

अर्को समूहबाट शीर्ष टोलीको हैसियतमा स्वर्ण पदक भिडन्तका लागि भारत नेपालको प्रतिद्वन्द्वी बनेर आयो । उपविजेता भएको श्रीलंकाले कांस्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्यो । माल्दिभ्समाथि ३–१ को जित हासिल गर्दै श्रीलंकाले कांस्य पदक जित्दा डिसेम्बर २६ कै दिन ढिलोगरी सम्पन्न स्वर्ण पदकको खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई निराश पार्दै फुटबल टोलीले नेपाललाई स्वर्णरहित हुनबाट जोगायो ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशाला भएको फाइनलमा नेपालले टाई ब्रेकरसम्म संघर्ष गर्दै उपाधिमा कव्जा जमाएको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा ४–३ को विजयी नतिजा निकालेको थियो ।

राष्ट्रिय टोलीका पूर्व कप्तान मणि शाहले अन्तिम समयमा फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि नेपाल २–१ ले पछि रहेको खेललाई बराबरीमा ल्याउँदै पेनाल्टी सुटआउटसम्म धकेल्न सफल भएको थियो । त्यसअघि भारतका लागि तेजिन्दर कुमार र आइएम विजयन तथा नेपालका लागि उमेश प्रधानले गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा गोलकिपर उपेन्द्रमान सिंहले दुई पेनाल्टी जोगाएपछि नेपालको जित निश्चित भएको थियो । नेपालका लागि मणि शाह, राजेश मानन्धर, राजुकाजी शाक्य र वशन्त गुरुङले गोल गरेका थिए । भारतका लागि भने भिपी सथ्यन, सुबिर घोस र भुपिन्दर ठाकुरका प्रहार मात्र गोलमा परिणत भए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।