चैत्र ८, २०८२ आइतबार | २२:१७:५०
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

नेपाली फुटबलको विशेष दिन

काठमाडौं । नेपाली फुटबल इतिहासमा डिसेम्बर २६ अर्थात आजको दिनले विशेष महत्व बोकेको छ । तीन दशकअघि आजैको दिन बंगलादेशको ढाकामा नेपालले तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को फुटबलमा स्वर्ण पदक जितेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको त्यो दोस्रो स्वर्ण पदक थियो । त्यसअघि साफकै पहिलो संस्करण काठमाडौंमा आफैले आयोजना गर्दा स्वर्ण पदक जितेको नेपालले १९९३ मा दोस्रो पटक जितेको थियो ।

विदेशी भूमिमा भने नेपालले जितेको त्यो पहिलो स्वर्ण पदक थियो । ढाका साफमा नेपालको जम्बो टोली निक्कै निराश भएर घर फर्किनुपरेको थियो । नेपालले जितेको एउटै स्वर्ण पदक फुटबलको थियो । यसअर्थमा पनि त्यो पदक नेपालका लागि महत्वपूर्ण रहयो । नेपालले सबै ११ खेलमा सहभागिता जनाउँदा १ स्वर्ण, ६ रजत र १५ कांस्य गरि कुल २२ पदकका साथ पाँचौं स्थानमा चित्त बुझाएको थियो ।

ढाकामा भएको छौटौं साफको फुटबलमा कुल ६ टोलीको सहभागिता थियो । दक्षिण एसियाका सात देशको सहभागिता रहने क्षेत्रीय खेल महोत्सवको फुटबलमा त्यतिबेला भुटानले भने भाग लिएको थिएन । सबै देशबाट अहिलेजस्तो ओलम्पिक (२३ वर्ष मुनिको) टोली नभई साफमा राष्ट्रिय टिमले नै सहभागिता जनाउँथे ।

राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको थियो । जहाँ बंगलादेश र माल्दिभ्स नेपाली टोलीका प्रतिद्वन्द्वी थिए । अर्को समूहमा भारत, श्रीलंका र पाकिस्तान थिए । दुवै समूहका शीर्ष टोलीले सोझै फाइनलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए भने उपविजेता बन्ने टोलीले कांस्य पदकका लागि खेलेका थिए ।

समूहको पहिलो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित निकाल्दै विजेताको हैसियतमा फाइनलमा स्थान सुरक्षित गर्यो । नेपालका लागि समूह चरणको एकमात्र गोल वशन्त गुरुङले गरेका थिए ।

अर्को खेलमा बंगलादेश र माल्दिभ्सले गोलरहित बराबरी नतिजा निकालेका थिए । जसका कारण दुई अंकसहित माल्दिभ्स उपविजेताको हैसियतमा कांस्य पदक भिडन्तका लागि लायक भयने भने आयोजक बंगलादेश पहिलो चरणबाटै बाहिरियो ।

अर्को समूहबाट शीर्ष टोलीको हैसियतमा स्वर्ण पदक भिडन्तका लागि भारत नेपालको प्रतिद्वन्द्वी बनेर आयो । उपविजेता भएको श्रीलंकाले कांस्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्यो । माल्दिभ्समाथि ३–१ को जित हासिल गर्दै श्रीलंकाले कांस्य पदक जित्दा डिसेम्बर २६ कै दिन ढिलोगरी सम्पन्न स्वर्ण पदकको खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई निराश पार्दै फुटबल टोलीले नेपाललाई स्वर्णरहित हुनबाट जोगायो ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशाला भएको फाइनलमा नेपालले टाई ब्रेकरसम्म संघर्ष गर्दै उपाधिमा कव्जा जमाएको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा ४–३ को विजयी नतिजा निकालेको थियो ।

राष्ट्रिय टोलीका पूर्व कप्तान मणि शाहले अन्तिम समयमा फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि नेपाल २–१ ले पछि रहेको खेललाई बराबरीमा ल्याउँदै पेनाल्टी सुटआउटसम्म धकेल्न सफल भएको थियो । त्यसअघि भारतका लागि तेजिन्दर कुमार र आइएम विजयन तथा नेपालका लागि उमेश प्रधानले गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा गोलकिपर उपेन्द्रमान सिंहले दुई पेनाल्टी जोगाएपछि नेपालको जित निश्चित भएको थियो । नेपालका लागि मणि शाह, राजेश मानन्धर, राजुकाजी शाक्य र वशन्त गुरुङले गोल गरेका थिए । भारतका लागि भने भिपी सथ्यन, सुबिर घोस र भुपिन्दर ठाकुरका प्रहार मात्र गोलमा परिणत भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो