चैत्र १६, २०८२ सोमबार | ०४:३५:०५
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

फ्रान्सको १४ गोल

काठमाडौं । केलियन एम्बाप्पेको ह्याट्रिकप्रेरित फ्रान्सले युरो २०२४ छनोट खेलमा जिब्राल्टारविरुद्ध १४–० को जित निकालको छ ।

पूर्व विश्वविजेता फ्रान्सले एकतर्फी खेल प्रदर्शन गर्दै १० खेलाडीमा सिमित जिब्राल्टारविरुद्ध गोलको वर्षा गरेको हो । खेलको १८औं मिनेटमा इथान सान्तोषले रातो कार्ड पाएपछि जिब्राल्टार १० खेलाडीमा सिमित भएको थियो ।

एम्बाप्पलेले खेलको ३०औं मिनेटमा पेनाल्टी र ७४ र ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । ओलिभर जिराउड र किङ्स्ले कोम्यानले समान दुई गोल गरेका थिए ।

यसअघि खेलको तेस्रो मिनेटमै भ्रमणकारी टोलीका इथान सान्तोसले आत्माघाति गोल गरेका थिए । मार्कुस थुराम, वेरेन जाइरे एम्री, जोनाथन क्लुस, युसोउफ फोफाना,एड्रिएन रिबोट र औसमाने डेम्बेलेले समान एक गोल गरेका हुुन् ।

एम्री फ्रान्सको लागि कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । उनी १७ वर्ष ११ दिनका मात्रै भए ।

फ्रान्स भने यसअघि नै समूह ‘बी’ बाट २१ अंकसहित शीर्षस्थानमा रहेर छनोट भइसकेको छ । नेदरल्यान्ड्स १५ अंक सहित जमनीको टिकट लिन सफल भयो ।

ग्रिस १२ अंकसहित तेस्रो स्थानमा छ । आयरल्यान्डको ६ र जिब्राल्टार बिना अंक पुछारमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो