पुस १६, २०८२ बिहीबार | ०२:४१:०२
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित

अनिलको साफ च्याम्पियनसिप जित्ने विश्वास

सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलको नवौं संस्करणमा नेपाललाई प्रतियोगिताकै दाबेदार टोली मानिएको थियो । त्यो दाबेदारीका संवाहकमध्ये एक थिए, स्ट्राइकर अनिल गुरुङ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर अनिल त्यतिबेला उच्च फर्ममा थिए । उनीसँगै स्ट्राइकिङ पार्टनर जुमनु राईको लय पनि लोभलाग्दो थियो । यिनै दुई फरवार्डले जिम्मेवारी पूरा गर्दा नेपालले भारतमाथि दोस्रो पटक निर्धारित समयमा जित निकालेको थियो । अनिल र जुमनुको गोलमा नेपालले २-१ को जित रचेको थियो ।

त्यसअघि सन् २००६ को च्यालेन्ज कपमा पनि नेपालले भारतमाथि ३-० को जित हासिल गरेको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगितामा पनि उमेर समूहको टिम पठाएको भनेर भारतले खोचे थापेका कारण दक्षिणी छिमेकीको पहिलो रोजाइकै टोलीलाई निर्धारित समयमा हराएको यो पहिलो बनेको थियो ।

यसपालि पनि फेरि नेपालले आफ्नो दाबेदार छविमा पूरा न्याय गर्दै माल्दिभ्सको मालेमा प्रतियोगित सुरु गरेको छ । सुरुका दुई खेलमा आयोजक माल्दिभ्स र श्रीलंकामाथि जित हासिल गरेको नेपाल अहिलेसम्म प्रतियोगितामा अंक नगुमाएको एकमात्र टोली हो । 

ज्याक स्टेफनोस्कीको प्रशिक्षणमा रहेको नेपालले समूह ‘ए’ मा बगलादेश र भारतलाई हराएपछि पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने संकेत देखिएको थियो । 

त्यसो त नेपाल सधैँ दक्षिण एसियाली फुटबलको कुम्भमेलामा दाबेदारको हैसियतसाथ प्रस्तुत हुने गरेको छ । यसपालि पनि फेरि नेपालले आफ्नो दाबेदार छविमा पूरा न्याय गर्दै माल्दिभ्सको मालेमा प्रतियोगित सुरु गरेको छ । सुरुका दुई खेलमा आयोजक माल्दिभ्स र श्रीलंकामाथि जित हासिल गरेको नेपाल अहिलेसम्म प्रतियोगितामा अंक नगुमाएको एकमात्र टोली हो । 

बाँकी खेलमा पनि नेपालको लयले निरन्तरता पाउने विश्वासमा नेपाली समर्थक उत्साही छन् । ८ वर्षअघि बंगलादेश र भारतविरुद्ध गोल गरेका उनै अनिल पनि यसपालि उपाधि जित्नेमा विश्वस्त देखिन्छन् । भन्छन्, ‘यसपालि पूरै टिमको लय राम्रो छ । भाग्यले पनि राम्रो साथ दिएको छ । त्यसैले यसपालि पहिलो पटक उपाधि घर आउने विश्वास छ ।’

२०१३ मा अफगानिस्तानसँग हारेर प्रतियोगिताबाट बाहिरिँदाको पीडाले अहिले पनि अनिलको मन पोल्छ । उनी त्यतिबेला खुबै रोए । होटल फर्किएपछि रातभर निदाउन सकेनन् ।  

उनी सम्झन्छन्, ‘अफगानिस्तानसँग १-० ले हारेर प्रतियोगिताबाट बाहिरिँदा हामी धेरै रोयौं र होटल फर्किएपछि पनि रातभर निदाउन सकेनौं । घाउ अझै आलै छ । त्यसैले यसपालि भाइहरूले उपाधि जितेर हाम्रो त्यो घाउमा मलम लगाइदिने छन् भन्ने विश्वास छ ।’

अनिलको विचारमा नतिजा नआए पनि २०१३ को साफ च्याम्पियनसिप अहिलेसम्म नेपालमा भएका प्रतियोगितामध्येकै उत्कृष्ट थियो ।

‘हामीलाई प्रतियोगिताको दाबेदार टोलीमा हेरिएको थियो । हामी होम टिम थियौं । टोली उच्च लयमा थियो । टोलीमा सबै स्टार खेलाडी थिए,’ अनिलले स्मरण गरे, ‘हामीले समूह चरणमा बंगलादेश र भारतलाई हराउँदै आफ्नो क्षमता प्रमाणित गरेका थियौं । तर दुर्भाग्य, हामी सेमिफाइनलमा अफगानिस्तानसँग स्तब्ध भयौं । हामी पुनः एक पटक राम्रो प्रदर्शन गर्दागर्दै उपाधिबाट विमुख भयौं । हामी घण्टौंसम्म ड्रेसिङ रूममा रोएर बस्यौं ।’

अनिल साफ च्याम्पियनसिपलाई दक्षिण एसियाली राष्ट्रबीचको विश्वकप मान्छन् । १३औं संस्करणसम्म आइपुग्दा सेमिफाइनलसम्मको यात्रा नै नेपालका लागि साफमा हात पारेको ठूलो उपलब्धि हो । घरेलु मैदानमा निराश भएको दुई वर्षपछि (सन् २०१५) मा नेपाल भारतको केरालामा सम्पन्न साफ च्याम्पियनसिपमा उपाधि लक्ष्यसाथ होमियो । 

घरेलु मैदानमा निराश भएको नेपाली टोलीको मोर्चा भारतीय भूमिमा अनिलले सम्हालेका थिए । उनको इच्छा थियो, नेपाललाई आफ्नो कप्तानीमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जिताउने । तर विडम्बना नेपालको यात्रा समूह चरणबाट माथि उठ्न सकेन । पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भारतसँग पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित भएको थियो ।

एक दशक (सन् २००७–२०१७) सम्म नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका अनिलले ५१ खेलमा १० गोल गरेका छन् । त्यसमध्ये तीन गोल उनले साफ च्याम्पियनसिपमै गरेका हुन् । 

कात्तिक अन्तिम साता हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा रहेको ब्रिगेड ब्बाइज क्लबका कप्तान अनिलले अन्तर्राष्ट्रिय खेलबाट बुट थन्क्याएको चार वर्ष बितिसकेको छ । सन् २०१८ को साफ च्याम्पियनसिपमा पनि उल्लेख्य प्रदर्शन गर्न नसकेको नेपालले अहिले माल्दिभ्सको १३औं संस्करणको साफका दुई खेलमा शतप्रतिशत नतिजापछि पहिलो पटक फाइनल पुग्ने स्पष्ट संकेत दिएको छ ।

‘नेपालले सुरुआती दुुई खेलमा जुन प्रकारको नतिजा ल्याएको छ, त्यसले यसपालि हामी फाइनलसम्म पुग्छौं कि भन्ने ठूलो आशा छ,’ अनिलले भने । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल आएपछि आफ्नो लक्ष्य साफ च्याम्पियनसिपको उपाधि जित्ने पटक पटक भन्दै आएका छन् । नेपालले पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले सबैको मन जितेको छ । 

यसपालि प्रतियोगिता नयाँ ढाँचामा खेलाइएको छ । सिंगल राउन्ड रोबिन पद्धतिपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्र्नेेछन् । यसअघिका संस्करणजस्तै यस पटक समूह चरण हुँदो हो त नेपाल लगातार दोस्रो जितपछि सेमिफाइनल प्रवेश गरिसक्ने थियो । नेपाल लगातार दुई जितपछि शीर्ष दुईमा बस्दै फाइनलको संघारमा भने पुगिसकेको छ ।

नेपालले यस पटक अपनाएको रणनीति मलाई गज्जब लागेको छ । प्रदर्शनभन्दा पनि नतिजामा केन्द्रित छ । युवा खेलाडीले पनि मिहिनेत गरिरहेका छन् । मलाई लाग्छ अल्मुताइरीको आमगनपछि नेपालका तर्फबाट गोल भइरहेको छ । खेलमा जित-हार एक ठाउँमा छ । तर जुन प्रकारले गोलको रेसियो बढिरहेको छ, यो नेपाल फुटबलका लागि प्लस प्वाइन्ट हो ।

घरेलु मैदानमा निराशा र आफ्नो कप्तानीमा पनि निराशा भोगेका अनिल यसपालि नेपालले साफ च्याम्पियनसिपको उपाधि भोक मेटाउनेमा विश्वस्त छन् ।

‘नेपाल सधैं साफ च्याम्पियनसिपको दाबेदार टोलीको रूपमा रहँदै आएको छ,’ अनिल भन्छन्, ‘तर हाम्रो प्रदर्शन फाइनल पुग्नसमेत पर्याप्त भएको छैन । हामी कहाँ चुकेका छौं भन्ने नै थाहा छैन । यस पटक पनि नेपाल उपाधिको दाबेदार टोली हो । नेपालले यस पटक अपनाएको रणनीति मलाई गज्जब लागेको छ । प्रदर्शनभन्दा पनि नतिजामा केन्द्रित छ । युवा खेलाडीले पनि मिहिनेत गरिरहेका छन् । मलाई लाग्छ अल्मुताइरीको आमगनपछि नेपालका तर्फबाट गोल भइरहेको छ । खेलमा जित-हार एक ठाउँमा छ । तर जुन प्रकारले गोलको रेसियो बढिरहेको छ, यो नेपाल फुटबलका लागि प्लस प्वाइन्ट हो ।’

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-२ को सनसनीपूर्ण जित हात पार्दै शतप्रतिशत नतिजा यात्रालाई निरन्तरता दिएको छ । ६ अंकसाथ नेपाल शीर्षस्थानमा कायम छ । नेपालले अबका दुई खेलमा भारत र बंगलादेशको सामना गर्नेेछ । त्यसबाट एक अंक बटुले पनि त्यो नेपालका लागि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्न पर्याप्त बन्नेछ ।

प्रदर्शनका आधारमा भने अनिल भारतसँगै बंगलादेशलाई प्रतियोगिताको अर्को दाबेदार टोली मान्छन् ।

‘भारतले जुन प्रकारको प्रदर्शन गरेको छ, त्यसले उनीहरूको दाबेदारीलाई थप बल दिएको छ,’ उनले भने, ‘बंगलादेशले पनि आफूलाई दाबेदारको रुपमा उभ्याएको छ । श्रीलंकाले विगतमा लय गुमाए पनि अहिलेको युवा टोलीले जुझारू प्रदर्शन गरिरहेको छ । नेपालको पक्षमा नतिजा आउँदा फाइदा पुगेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्समाथिको जितले नेपालको मनोबल बढेको थियो । सम्भवतः माल्दिभ्सविरुद्ध स्पष्ट ३ अंक नल्याएको भए नेपाललाई धेरै कठिन हुन्थ्यो । त्यसैले माल्दिभ्सविरुद्धको खेल नेपालका लागि टर्निङ प्वाइन्ट हो ।’

ब्रिगेड ब्वाइजको कप्तानी सम्हालेका अनिल यस संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि खेलाडी जीवनबाट विश्राम लिने योजनामा छन् । 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC