चैत्र ११, २०८२ बुधबार | १२:०५:३३
च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र

एन्फा अध्यक्ष र महासचिवविरुद्धको बर्खास्तगी प्रस्ताबमा अनुशासन मिचिएको छः अनुशासन समिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यले हालेको बर्खास्गती प्रस्ताबमा अनुशासन मिचिएको देखिएको एन्फा अनुशासन समितिले जनाएको छ ।

एन्फा अनुशासन समितिका संयोजक मोहनकुमार इनहामले एन्फा सचिवालयबाट प्राप्त बर्खास्तगीको प्रस्ताबमाथि छलफल चलिरहेको बताए । प्रस्ताबमा एन्फाको अनुशासन मिचिएका केही अवस्थाहरु रहेको बताउँदै उनले खेलाडी डटकमसँग भने, ‘अहिले हामी त्यसमा अध्ययन गरिरहेका छौं । छलफलको चरणमा छ । विधान पल्टाउँदै छौं । अनुशासन  मिचिएको अवस्था देखिएको छ ।’

संयोजक इनहामले समितिभित्रको छलफल अन्तिम चरणमा पुगेको बताउँदै तुरुन्तै निर्णय दिने बताए । ‘हामीले यसमा तुरुन्तै निर्णय दिनुपर्नेछ । तर त्यो निर्णय वैधानिक र सर्वसम्मत होस भन्नेमा हामी सचेत छौं,’ उनले थपे ।

भुसको आगो झै लामो समयदेखि पुत्पुताएको एन्फा राजनीतिमा गत महिना साधारणसभामा ‘भौतिक की भर्चुअल’ उपस्थिती भन्ने विषयको विवादले चर्को रुप लिएपछि बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्तगीको प्रस्ताब दर्ता गराएका थिए ।

अडिटर नियुक्तिको एजेन्डामा एन्फाले गत भदौ २४ गतेलाई अनलाइन माध्यमबाट विशेष साधारणसभा बोलाएको थियो । सहिद स्मारक डिभिजन लिगका ३२ क्लबले साधारणसभामा भौतिक उपस्थितीको माग राख्दै भर्चुअल साधारणसभा बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

त्यसका बावजुद एन्फा भर्चुअल साधारणसभा गर्ने अडानबाट पछि नहटेपछि बहुमत सदस्य अनुपस्थित भए । पूर्व निर्धारित कार्यक्रमअनुसार भदौ २४ मा एन्फाका ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि साधारणसभा स्थगित गरियो । भोलीपल्टलाई पुन बोलाइँदा पनि बहुमत नपुगेपछि एन्फा नेतृत्वले अनिश्चित कालका लागि साधारणसभा स्थगित गर्नुपर्यो ।

आफ्नो चेतावनीलाई बेवास्था गर्दै जबरजस्ती साधारणसभा चलाउन खोजेपछि डिभिजन क्लबको नेतृत्वमा ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध भदौ २५ मै बर्खास्तगीको प्रस्ताबसहित साधारणसभाको माग गरेका थिए ।

इमेलबाट बर्खास्तगीको प्रस्ताब दर्ता गराएपछि एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व महासचिव इन्द्रमान तुलाधरको नेतृत्वमा गएको टोलीले उक्त प्रस्ताब वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएको थियो । इमेलबाट बर्खास्तगीको प्रस्ताब दर्ता भइसकेपछि अध्यक्ष र महासचिव स्वत निलम्बनमा पर्ने जिकिरसहित वरिष्ठ उपाध्यक्षलाई प्रस्ताब बुझाइएको थियो ।

विधानअनुसार बर्खास्तगी प्रस्ताब दर्ता भएको ३० दिनभित्र अर्को ३० दिनसम्मको भाका राखेर साधारणसभा बोलाइसक्नुपर्छ । साधारणसभाको मिति तय गर्न कार्यसमितिको बैठक बस्नुपर्छ । तर एन्फाले बर्खास्तगी प्रस्ताब दर्ता भएको २२ दिन बितिसक्दा पनि कार्यसमिति बैठक बोलाएको छैन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो