पुस २४, २०८२ शुक्रबार | ०७:१४:२९
‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक

एन्फा अध्यक्ष र महासचिवविरुद्धको बर्खास्तगी प्रस्ताबमा अनुशासन मिचिएको छः अनुशासन समिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यले हालेको बर्खास्गती प्रस्ताबमा अनुशासन मिचिएको देखिएको एन्फा अनुशासन समितिले जनाएको छ ।

एन्फा अनुशासन समितिका संयोजक मोहनकुमार इनहामले एन्फा सचिवालयबाट प्राप्त बर्खास्तगीको प्रस्ताबमाथि छलफल चलिरहेको बताए । प्रस्ताबमा एन्फाको अनुशासन मिचिएका केही अवस्थाहरु रहेको बताउँदै उनले खेलाडी डटकमसँग भने, ‘अहिले हामी त्यसमा अध्ययन गरिरहेका छौं । छलफलको चरणमा छ । विधान पल्टाउँदै छौं । अनुशासन  मिचिएको अवस्था देखिएको छ ।’

संयोजक इनहामले समितिभित्रको छलफल अन्तिम चरणमा पुगेको बताउँदै तुरुन्तै निर्णय दिने बताए । ‘हामीले यसमा तुरुन्तै निर्णय दिनुपर्नेछ । तर त्यो निर्णय वैधानिक र सर्वसम्मत होस भन्नेमा हामी सचेत छौं,’ उनले थपे ।

भुसको आगो झै लामो समयदेखि पुत्पुताएको एन्फा राजनीतिमा गत महिना साधारणसभामा ‘भौतिक की भर्चुअल’ उपस्थिती भन्ने विषयको विवादले चर्को रुप लिएपछि बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्तगीको प्रस्ताब दर्ता गराएका थिए ।

अडिटर नियुक्तिको एजेन्डामा एन्फाले गत भदौ २४ गतेलाई अनलाइन माध्यमबाट विशेष साधारणसभा बोलाएको थियो । सहिद स्मारक डिभिजन लिगका ३२ क्लबले साधारणसभामा भौतिक उपस्थितीको माग राख्दै भर्चुअल साधारणसभा बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

त्यसका बावजुद एन्फा भर्चुअल साधारणसभा गर्ने अडानबाट पछि नहटेपछि बहुमत सदस्य अनुपस्थित भए । पूर्व निर्धारित कार्यक्रमअनुसार भदौ २४ मा एन्फाका ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिती भएपछि साधारणसभा स्थगित गरियो । भोलीपल्टलाई पुन बोलाइँदा पनि बहुमत नपुगेपछि एन्फा नेतृत्वले अनिश्चित कालका लागि साधारणसभा स्थगित गर्नुपर्यो ।

आफ्नो चेतावनीलाई बेवास्था गर्दै जबरजस्ती साधारणसभा चलाउन खोजेपछि डिभिजन क्लबको नेतृत्वमा ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध भदौ २५ मै बर्खास्तगीको प्रस्ताबसहित साधारणसभाको माग गरेका थिए ।

इमेलबाट बर्खास्तगीको प्रस्ताब दर्ता गराएपछि एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व महासचिव इन्द्रमान तुलाधरको नेतृत्वमा गएको टोलीले उक्त प्रस्ताब वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएको थियो । इमेलबाट बर्खास्तगीको प्रस्ताब दर्ता भइसकेपछि अध्यक्ष र महासचिव स्वत निलम्बनमा पर्ने जिकिरसहित वरिष्ठ उपाध्यक्षलाई प्रस्ताब बुझाइएको थियो ।

विधानअनुसार बर्खास्तगी प्रस्ताब दर्ता भएको ३० दिनभित्र अर्को ३० दिनसम्मको भाका राखेर साधारणसभा बोलाइसक्नुपर्छ । साधारणसभाको मिति तय गर्न कार्यसमितिको बैठक बस्नुपर्छ । तर एन्फाले बर्खास्तगी प्रस्ताब दर्ता भएको २२ दिन बितिसक्दा पनि कार्यसमिति बैठक बोलाएको छैन । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA