माघ २, २०८२ शुक्रबार | ०८:३६:५४
नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल दक्षिण एसियाली फुटबल महासंघ साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा आक्रामक बनेको खेलमा नेपालले सहज जित निकालेको हो । खेलभर दवाव शृजना गरेपनि नेपाल फिनिसिङमा चुकेको थियो । खेलमा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए ।

आजको खेलमा सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाललाई जित्नै पर्ने दवावमा थियो । यदि हार वा बराबरीले पनि नेपाल पुनः एकपटक समूह चरणबाटै बाहिरिने अवस्थामा थियो ।

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरे ।  माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् । हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान अन्तिम चारमा प्रवेश गरेका छन् । समान दुई खेलबाट चार अंक जोडेको पाकिस्तान विजेता र तीन अंक जोडेको नेपाल नेपाल समूह उपविजेता बन्यो ।

आजको खेलमा सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाललाई जित्नै पर्ने दवावमा थियो । यदि हार वा बराबरीले पनि नेपाल पुनः एकपटक समूह चरणबाटै बाहिरिने अवस्थामा थियो । सन् २०१९ मा भएको तेस्रो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सशस्त्र प्रहरी बल एपिएफको हल्चोकमा नेपालले निराशजनक प्रदर्शन गरेको थियो ।

समूह ‘ए’ मा पाकिस्तान दुई खेलबाट चार अंकसहित सेमिफाइलनमा स्थान बनाइसकेको छ । पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । डेब्यु प्रतियोगितामै टोली अपराजित रहँदै अन्तिम चारको यात्रा गरिसकेको छ ।

दशरथ रंशगालामा खेलको १७औं मिनेटमा नेपालले अग्रता बनायो । प्रशान्त लक्षमले नेपाललाई प्रतियोगितामा पहिलो गोल निकालेका थिए । माल्दिभ्सका रक्षकले क्लियर गरेको बललाई ३० यार्डमा नियन्त्रण गर्दै प्रशान्तले हानेको लामो सट पहिलो बारमा लाग्दै जाली चुमेको थियो । यु–१६ टोलीका कप्तान समेत रहेका प्रशान्त पहिलो खेलमा पाकिस्तानविरुद्ध बेन्चमा थिए ।

खेलको ८७औं मिनेटमा निराजनले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । प्रशान्तले क्रस गरेको बललाई दोस्रो बारमा अनमार्क रहेका निराजनले बललाई जाली चुमाएका थिए ।

खेलको ३०औं मिनेटमा नेपालले दोस्रो गोल गरेको हो । समिर तामाङले बक्स भित्रबाट सहज गोल गरेका हुन् । निराजन धामीले मध्यभागबाट निकालेको थ्रु बललाई अगाडी बढाउँदै समिरले गोल गरेका हुन् ।

५७औं मिनेटमा माल्दिभ्सले खेल २–१ को अवस्थामा झार्याे । नेपाली ६ खेलाडीबीच बक्सभित्र अनमार्क रहेका अदाम लयान रासिदले सहज गोल गरेका हुन् ।

खेलको ८७औं मिनेटमा निराजनले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । प्रशान्तले क्रस गरेको बललाई दोस्रो बारमा अनमार्क रहेका निराजनले बललाई जाली चुमाएका थिए ।

खेलको इन्जुरी समयमा समिरले ब्यक्तिगत दोस्रो गोल गरे । दीपक थापा मगरले गरेको क्रसमा समिरले हेड गोल गरेका हुन् । 

खेलको ३४औं मिनेटमा नेपाल र माल्दिभ्स १० खेलमा सिमित बनेका थिए । मध्यभागमा एक अर्कालाई हात लगाएपछि नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसनलाई भुटानी रेफ्री छिरिङ पेमाले रातो कार्ड देखाएका थिए ।

खेलको ४६ मिनेटमा नेपालका समिर तामाङ तेस्रो गोल गर्नबाट चुके । वान भर्सेस वानमा माल्दिभ्स गोलकिपर मोहम्मद यामिनलाई बिट गर्न सकेनन् ।

खेलको छैटौं मिनेटमा प्रशान्त लक्षमले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लाग्दै बाहिरिएको थियो । खेलको आठौं मिनेटमा निरञ्जन धामीले बक्स भित्रबाट हानेको प्रहार दोस्रो हारबाट बाहिरिँदा नेपाल अग्रता बनाउन चुकेको थियो । खेलको ४६ मिनेटमा नेपालका समिर तामाङ तेस्रो गोल गर्नबाट चुके । वान भर्सेस वानमा माल्दिभ्स गोलकिपर मोहम्मद यामिनलाई बिट गर्न सकेनन् ।

खेलको ७२औं मिनेटमा निराजनले गरेको हेडर बाहिरिएको थियो । खेलको ३५औं मिनेटमा मोहम्मद फैजान फहिमले गोलकिपर जियारथ शेखसँग वान भर्सेस वानमा गोल गर्न चुक्दा बराबरी अवसर गुमाए । खेलको ८२औं मिनेटमा समिर काउन्टरमा गोल गर्न चुके । काउन्टरमा बक्ससम्म बल पुर्याएका समिरले निकै फितलो प्रहार गरेपछि गोलकिपरले बचाएका थिए ।

 प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा नेपाल र भारतले समान दुई पटक च्याम्पियन भएका छन् । 

आज नै हुने दोस्रो खेलमा भारत र भुटान प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसके । दुई पटकको उपविजेता बंगलादेश समूह चरणबाटै घर फर्किएको छ । प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा नेपाल र भारतले समान दुई पटक च्याम्पियन भएका छन् । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate