चैत्र ४, २०८२ बुधबार | ०७:४४:४९
महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल दक्षिण एसियाली फुटबल महासंघ साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा आक्रामक बनेको खेलमा नेपालले सहज जित निकालेको हो । खेलभर दवाव शृजना गरेपनि नेपाल फिनिसिङमा चुकेको थियो । खेलमा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए ।

आजको खेलमा सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाललाई जित्नै पर्ने दवावमा थियो । यदि हार वा बराबरीले पनि नेपाल पुनः एकपटक समूह चरणबाटै बाहिरिने अवस्थामा थियो ।

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरे ।  माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् । हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान अन्तिम चारमा प्रवेश गरेका छन् । समान दुई खेलबाट चार अंक जोडेको पाकिस्तान विजेता र तीन अंक जोडेको नेपाल नेपाल समूह उपविजेता बन्यो ।

आजको खेलमा सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाललाई जित्नै पर्ने दवावमा थियो । यदि हार वा बराबरीले पनि नेपाल पुनः एकपटक समूह चरणबाटै बाहिरिने अवस्थामा थियो । सन् २०१९ मा भएको तेस्रो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सशस्त्र प्रहरी बल एपिएफको हल्चोकमा नेपालले निराशजनक प्रदर्शन गरेको थियो ।

समूह ‘ए’ मा पाकिस्तान दुई खेलबाट चार अंकसहित सेमिफाइलनमा स्थान बनाइसकेको छ । पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । डेब्यु प्रतियोगितामै टोली अपराजित रहँदै अन्तिम चारको यात्रा गरिसकेको छ ।

दशरथ रंशगालामा खेलको १७औं मिनेटमा नेपालले अग्रता बनायो । प्रशान्त लक्षमले नेपाललाई प्रतियोगितामा पहिलो गोल निकालेका थिए । माल्दिभ्सका रक्षकले क्लियर गरेको बललाई ३० यार्डमा नियन्त्रण गर्दै प्रशान्तले हानेको लामो सट पहिलो बारमा लाग्दै जाली चुमेको थियो । यु–१६ टोलीका कप्तान समेत रहेका प्रशान्त पहिलो खेलमा पाकिस्तानविरुद्ध बेन्चमा थिए ।

खेलको ८७औं मिनेटमा निराजनले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । प्रशान्तले क्रस गरेको बललाई दोस्रो बारमा अनमार्क रहेका निराजनले बललाई जाली चुमाएका थिए ।

खेलको ३०औं मिनेटमा नेपालले दोस्रो गोल गरेको हो । समिर तामाङले बक्स भित्रबाट सहज गोल गरेका हुन् । निराजन धामीले मध्यभागबाट निकालेको थ्रु बललाई अगाडी बढाउँदै समिरले गोल गरेका हुन् ।

५७औं मिनेटमा माल्दिभ्सले खेल २–१ को अवस्थामा झार्याे । नेपाली ६ खेलाडीबीच बक्सभित्र अनमार्क रहेका अदाम लयान रासिदले सहज गोल गरेका हुन् ।

खेलको ८७औं मिनेटमा निराजनले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । प्रशान्तले क्रस गरेको बललाई दोस्रो बारमा अनमार्क रहेका निराजनले बललाई जाली चुमाएका थिए ।

खेलको इन्जुरी समयमा समिरले ब्यक्तिगत दोस्रो गोल गरे । दीपक थापा मगरले गरेको क्रसमा समिरले हेड गोल गरेका हुन् । 

खेलको ३४औं मिनेटमा नेपाल र माल्दिभ्स १० खेलमा सिमित बनेका थिए । मध्यभागमा एक अर्कालाई हात लगाएपछि नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसनलाई भुटानी रेफ्री छिरिङ पेमाले रातो कार्ड देखाएका थिए ।

खेलको ४६ मिनेटमा नेपालका समिर तामाङ तेस्रो गोल गर्नबाट चुके । वान भर्सेस वानमा माल्दिभ्स गोलकिपर मोहम्मद यामिनलाई बिट गर्न सकेनन् ।

खेलको छैटौं मिनेटमा प्रशान्त लक्षमले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लाग्दै बाहिरिएको थियो । खेलको आठौं मिनेटमा निरञ्जन धामीले बक्स भित्रबाट हानेको प्रहार दोस्रो हारबाट बाहिरिँदा नेपाल अग्रता बनाउन चुकेको थियो । खेलको ४६ मिनेटमा नेपालका समिर तामाङ तेस्रो गोल गर्नबाट चुके । वान भर्सेस वानमा माल्दिभ्स गोलकिपर मोहम्मद यामिनलाई बिट गर्न सकेनन् ।

खेलको ७२औं मिनेटमा निराजनले गरेको हेडर बाहिरिएको थियो । खेलको ३५औं मिनेटमा मोहम्मद फैजान फहिमले गोलकिपर जियारथ शेखसँग वान भर्सेस वानमा गोल गर्न चुक्दा बराबरी अवसर गुमाए । खेलको ८२औं मिनेटमा समिर काउन्टरमा गोल गर्न चुके । काउन्टरमा बक्ससम्म बल पुर्याएका समिरले निकै फितलो प्रहार गरेपछि गोलकिपरले बचाएका थिए ।

 प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा नेपाल र भारतले समान दुई पटक च्याम्पियन भएका छन् । 

आज नै हुने दोस्रो खेलमा भारत र भुटान प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसके । दुई पटकको उपविजेता बंगलादेश समूह चरणबाटै घर फर्किएको छ । प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा नेपाल र भारतले समान दुई पटक च्याम्पियन भएका छन् । 
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH