चैत्र ४, २०८२ बुधबार | २२:२७:१६
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

नेपाली समुदाय जोड्दै एमजिएफसी

 सिड्नी।  सिड्नी सहरको केन्द्रबाट लगभग ५० किलोमिटर परको मार्सडन पार्क। यो यस्तो बस्ती हो जहाँ नेपालीको बसाइ बाक्लो छ। अस्ट्रेलियामा रोचक के छ भने, मार्सडन पार्क जस्ता नयाँ बस्ती जति बसालिन्छन्, त्यहाँ त्यहाँ नेपाली पुग्छन् नै।

मार्सडन पार्कमा करिब दुई सय घर नेपालीको छ। यो संख्या बढ्दो छ। यसको सीधा सन्देश हो, नेपाली समुदाय बलियो बन्दैछ। समुदायलाई बलियो बनाउने तरिका अनेक छन्। मार्सडन पार्कमा भने फुटबललाई माध्यम बनाइँदैछ। र, यसको अगुवा हो, मार्सडन गोर्खा एफसी (एमजिएफसी)।

एमजिएफसीको कथा नवीन छैन, बरु अरु फुटबल क्लबहरुकै जस्तै हो। सुरुमा चार पाँच जना साथी मिलेर खेल्दा खेल्दै जन्मिएको क्लब हो यो। उद्देश्य पनि उही फुटबल र सामाजिक क्रियाकलाप। कुरा यत्ति हो, एमजीएफसी आफ्नो उद्देश्यमा दृढ छ।

एमजिएफसी स्थापना भएको गत वर्ष मात्र हो। यो एक वर्षमा करिब ६० खेलाडी भेला भइसकेका छन्। तीमध्ये करिब आधा प्रत्येक प्रत्येक बिहीबार र शुक्रबार  मार्सडन पार्कको फुटबल मैदानमा भेला हुन्छन्। अभ्यास गर्छन्, मैत्रीपूर्ण खेल खेल्छन्।

‘सुरुमा त हामी पाँच छ जना मात्र थियौँ। रमाइलोका लागि फुटबल खेलिन्थ्यो। चिनजान बढ्दै गयो। पछि फुटबलबाटै समुदायका लागि केही गर्न सकिन्छ कि भन्ने सोच पलायो। सोच अभियानमा बद्लियो,’ एमजीएफसीका कप्तान प्रज्वल डेभाजु विगत सम्झिन्छन्।

एमजीएफसीको जरा नेप्लिज कम्युनिटी अफ मार्सडन पार्क (एनसिएमपी)सँग जोडिएको छ। किनभने एमजीएफसी स्थापना गर्ने सोच नै त्यहाँ हुने भेलाबाट पलाएको हो।

‘एनसिएमपीले आयोजना गर्ने कार्यक्रममा हामीबीच भेटघाट हुन्थ्यो नै। तर भेटघाट सीमित हुन्थ्यो। भेटघाटलाई बाक्लो बनाउनु पर्छ भन्ने सोच सबैमा थियो, यसका लागि के गर्ने भन्दा फुटबल खेल्ने भन्ने भयो। त्यही सोचले यो क्लब जन्माएको हो,’ एमजिएफसीमा व्यवस्थापकको भूमिकामा रहेका राजीव कार्की भन्छन्, सातामा तीन पटक खेल्छौँ।

उसो त एमजिसीको स्थापनाअघि प्रज्वल, राजीवलगायतलाई ब्याडमिन्टनले भेट गराउँथ्यो। बीचमा भलिबल खेल्ने समूह पनि बन्यो। तर आखिरमा फुटबल भने सबैलाई एकै ठाउँमा ल्याउने माध्यम र एमजिएफसी मञ्च बन्यो।

आजको दिनमा एमजिएफसीलाई व्यवस्थित ढंगमा सञ्चालन गर्न समिति नै बनाइएको छ। जसको नेतृत्व राजीव आफैँ गर्छन्। उनलाई प्रशासनिक काममा राजन लामाले सघाउँछन् भने प्रभु पराजुली, विनय श्रेष्ठ, प्रशित पौडेल, दिपेन शाही, प्रमेश श्रेष्ठ, रविन खड्का, अभय फुयाल, शुभय फुयाल लगायत सदस्य तथा नियमित खेलाडी हुन्।

एमजिएफसीका सदस्य साताको दुई तीन दिन फुटबल त खेल्छन् नै, क्लबलाई थप प्रभावकारी बनाउन योजना पनि बुनिरहेका छन्। क्लबले तत्कालका लागि अघि सारेको योजना हो, ग्रासरुट कार्यक्रम। जसको उद्देश्य नेपाली समुदायका बालबालिकालाई फुटबल सिकाउने हो। ग्रासरुट कार्यक्रमले बालबालिकालाई फुटबल सिकाउनेबाहेक सुमदायमा घुलमिल गराउने अपेक्षा एमजीएफसीको छ।

‘यही वरपर दुई तीन वटा विद्यालय छन्, नेपाली बच्चाहरु सबै त्यही जाने हुन्।  तर अधिकांश एकआपसमा बोल्दैनन्, चिनजान नै हुँदैन। सँगै फुटबल खेलाउँदा उनीहरुबीच मित्रता स्थापित हुन्छ ताकि भविष्यमा उनीहरु एकआपसलाई सहयोग गर्न सक्छन् भन्ने अपेक्षा हो,’ राजीव भन्छन् ।

आगामी अक्टोबरबाट सुरु हुने यो कार्यक्रम अढाई महिना लामो हुनेछ। सुरुवातमा कम्तीमा १५ परिवारका बालबालिकालाई प्रशिक्षण गराउने योजना छ, एमजिएफसीको।

नेपाली समुदायमा हेलमेल होस् भनेर स्थापना गरिएको एमजिएफसी आफ्नो उद्देश्यमा चुकेको छैन। यसको उदाहरण पेश गर्छन्,राजीव ‘कति साथीभाईहरु नयाँ हुन्छन्, उनीहरुले यहाँ काम पाइसकेको हुँदैन । हामी आफ्नो समूहको सहयोगमा काम खोज्न पनि सघाउछौँ,।’

एमजिएफसीको सामाजिक क्रियाकलाप आफू बसेको ठाउँमा मात्र सीमित छैन। फरक फरक समयमा रकम संकलन गरेर नेपाल पठाएको पनि उदाहरण छन्।  

हालका लागि फुटबललाई ‘रिक्रिएसन’ को माध्यम मानेको एमजिएफसीले भविष्यमा स्थानीय लिग खेल्ने योजना पनि बुनेको छ। तर यसका लागि केही कठिन कदम भने पार गर्नुपर्छ। पहिले त मैदानकै व्यवस्था हुनुपर्यो जसलाई क्लबले होम ग्राउण्ड भन्न सकोस्। किनभने स्थानीय नियम अनुसार फुटबल क्लब दर्ता हुन मैदान अनिवार्य हो।

यसैसँग जोडिएको अर्को अप्ठ्यारो छ, एमजिएफसी जहाँ अभ्यास गर्छ, त्यो मैदान अर्को स्थानीय क्लबको नाममा छ। यसकारण कतिपय अवस्थामा एमजिएफसीले मैदान पाउँदैन। ‘हामी मैदानको खोजीमा छौँ। यहाँबाट केही पर एउटा मैदान बन्दैछ। हामी स्थानीय निकायलाई प्रस्ताव राखेर त्यो मैदान लिने प्रयास गर्नेछौँ,’ राजीव भन्छन्।

फेरि स्थानीय निकायबाट मैदान सजिलै पाइँदैन। यसका लागि दरिलो परिचय आवश्यक पर्छ। परिचय तब मात्र बन्छ जब प्रशस्त क्रियाकलाप गरेको होस्। र भनेजति क्रियाकलापका गर्न बलियो आर्थिक हैसियत अनिवार्य शर्त हो। हालका लागि एमजिफसीको आर्थिक स्रोत हो, सदस्यता शूल्क हो। यद्यपि योभन्दा भरपर्दो स्रोतको खोजीमा क्लब लागेको छ।  

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं