चैत्र १६, २०८२ सोमबार | १८:४५:४२
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं । नेपाल घरेलु टोली  म्यानमारविरुद्धको दोस्रो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ ।

थुउन्ना रंगशालामा सोमबार सम्पन्न खेलमा विन नाइङ्ग थुले गरेको एक मात्र गोल म्यानमारलाई जित दिलाउन पर्याप्त बन्यो । थुले कप्तान एमजी एलविनको पासलाई सदुपयोग गरेका थिए ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयो गर्न सकेनन् । १९ औं मिनेटमा आयुष घलानले अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल अग्रता लिन चुक्यो । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

यही खेलमार्फत नवयुग श्रेष्ठले आफ्नो ५० औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् ।  पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै त्रिभुवन आर्मी फुटबल क्लब दिनेश हेन्जनले यही खेलमार्फत अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेका छन्। हेन्जन ८३औं मिनेटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो