चैत्र १८, २०८२ बुधबार | ०७:४६:१०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

अन्तर्राष्ट्रिय फुटबलमा हिसुबको डेब्यू

काठमाडौं । फरवार्ड हिसुब थपलियाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् । शुक्रबार म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत हिसुबले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।

म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा भएको गोलरहित खेलमा हिसुब ८४ औं मिनेटमा अन्जन विष्टलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए । यही खेलमार्फत पहिलो रोजाइमा स्थान बनाएका अर्का फरवार्ड जिलेस्पीजंग कार्कीले पनि अन्तर्राष्ट्रिय डेब्यू गरे ।

हिसुबले राष्ट्रिय टोलीको पहिलो अनुभवमै डेब्यूको अवसर पाएका हुन् ।

झापा गृह जिल्ला रहेका हिसुबले सैनिक आवसीय महाविद्यालय, भक्तपुरमा आफ्नो स्कुले जिवन बिताएका थिए । हिसुबले उमेर समूहमा त्रिभुवन आर्मीको प्रतिनिधित्व गरेका थिए । उनी सम्मिलित आर्मीले त्यतिबेला ललित स्मृति यु-१८ प्रतियोगिताको उपाधि समेत जितेको थियो ।

मोफसलका अधिकांश प्रतियोगिता खेलिसकेका हिसुबले शीर्ष डिभिजनको स्वाद भने गएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मात्र लिन पाएका थिए । यसअघि उनले कुनै पनि श्रेणी फुटबल खेलेका थिएनन् ।

‘ए’ डिभिजन लिग खेल्नु अगाडि हिसुबले ललितपुरको सुनाकोठी फुटबल क्लबबाट ‘सी’ डिभिजन लिग छनोट खेल खेलेका थिए । खेल कौशलताका कारण नै हिसुब जावलाखेलको नजरमा परेका थिए ।

गत जेठमा सम्पन्न ‘ए’ डिभिजन लिगमा जावलाखेलले चौंथो स्थान हासिल गरेको थियो । लगभग सबै खेलमा पहिलो रोजाइमा परेका हिसुब टोलीका प्रमुख हतियार रहे । हिसुब र विदेशी फरवार्ड एन्कोटो मासोबीको प्रदर्शनप्रेरित लिगको अन्तिम चरणसम्म पनि जावलाखेल उपाधिका लागि लडिरहेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो