माघ १९, २०८२ सोमबार | ०१:३२:०३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

अन्तर्राष्ट्रिय फुटबलमा हिसुबको डेब्यू

काठमाडौं । फरवार्ड हिसुब थपलियाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् । शुक्रबार म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत हिसुबले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।

म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा भएको गोलरहित खेलमा हिसुब ८४ औं मिनेटमा अन्जन विष्टलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए । यही खेलमार्फत पहिलो रोजाइमा स्थान बनाएका अर्का फरवार्ड जिलेस्पीजंग कार्कीले पनि अन्तर्राष्ट्रिय डेब्यू गरे ।

हिसुबले राष्ट्रिय टोलीको पहिलो अनुभवमै डेब्यूको अवसर पाएका हुन् ।

झापा गृह जिल्ला रहेका हिसुबले सैनिक आवसीय महाविद्यालय, भक्तपुरमा आफ्नो स्कुले जिवन बिताएका थिए । हिसुबले उमेर समूहमा त्रिभुवन आर्मीको प्रतिनिधित्व गरेका थिए । उनी सम्मिलित आर्मीले त्यतिबेला ललित स्मृति यु-१८ प्रतियोगिताको उपाधि समेत जितेको थियो ।

मोफसलका अधिकांश प्रतियोगिता खेलिसकेका हिसुबले शीर्ष डिभिजनको स्वाद भने गएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मात्र लिन पाएका थिए । यसअघि उनले कुनै पनि श्रेणी फुटबल खेलेका थिएनन् ।

‘ए’ डिभिजन लिग खेल्नु अगाडि हिसुबले ललितपुरको सुनाकोठी फुटबल क्लबबाट ‘सी’ डिभिजन लिग छनोट खेल खेलेका थिए । खेल कौशलताका कारण नै हिसुब जावलाखेलको नजरमा परेका थिए ।

गत जेठमा सम्पन्न ‘ए’ डिभिजन लिगमा जावलाखेलले चौंथो स्थान हासिल गरेको थियो । लगभग सबै खेलमा पहिलो रोजाइमा परेका हिसुब टोलीका प्रमुख हतियार रहे । हिसुब र विदेशी फरवार्ड एन्कोटो मासोबीको प्रदर्शनप्रेरित लिगको अन्तिम चरणसम्म पनि जावलाखेल उपाधिका लागि लडिरहेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।