चैत्र १२, २०८२ बिहीबार | ०८:१८:०६
पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी

‘एन्फामा जसको शक्ति, उसको भक्ति’

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) पछिल्लो समय नेतृत्वको बल मिच्याईंको भरमा चल्ने गरेको उपाध्यक्ष विराटजंग शाहीले बताएका छन् ।

म्यानमारविरुद्धका दुई मैत्रीपूर्ण तथा विश्वकप छनोटको प्रारम्भिक चरणको खेलका लागि राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक नियुक्तिको विषय विवादमा तानिएपछि पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उपाध्यक्ष शाहीले यस्तो बताएका हुन् ।

एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले सोमबार सरस्वती क्लबका उत्तमराज भण्डारीलाई राष्ट्रिय टोलीको व्यवस्थापक नियुक्त गरेको विषयमा अर्का उपाध्यक्ष दावा लामाले आपत्ति जनाएका थिए ।

उपाध्यक्ष लामाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पष्ट स्ट्याटस लेख्दै नियुक्तिमाथि आपत्ति जनाएका थिए ।

व्यवस्थापक नियुक्तितर्फ संकेत गर्दै लामाले प्रश्न गरेका थिए, ‘श्रीमान कार्यवाहक अध्यक्ष ज्यू तथा कार्यवाहक महासचिव ज्यू के तपाईहरुले गर्नुभएको नियुक्ति विधानसम्मत छ त ?  यदी छ भने मेरो भन्नु केही छैन । होइन भने यो नियुक्तिको जिम्मेवारी कस्ले लिने ? अध्यक्ष र महासचिव ज्यू नभएको बेला जे मन लाग्यो त्यही गर्ने ?? के यस्तै नियुक्ति गर्नका निम्ति कार्यवाहकको जिम्मेवारी दिएको हो ?’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई फिफा महिला विश्वकपका लागि हाल अस्ट्रेलिया भ्रमणमा छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्ष तथा सहमहासचिव जोशीले कार्यवाहक महासचिवको भूमिकामा काम गरिरहेका छन् ।

उपाध्यक्ष लामाले नियुक्ति अवैधानिक भएको दावी गरे पनि राष्ट्रिय टोलीका व्यवस्थापककै नियुक्तिलाई चाँही उल्लेख गरेका छैनन् । तर कार्यवाहक हैसियतमा आफूहरुले राष्ट्रिय टोलीको ब्यबस्थापकमा भण्डारीलाई वाहेक अन्य कुनै पनि नियुक्ति नगरेको कार्यवाहक महासचिव जोशीले बताए ।

एन्फाको विधानअनुसार राष्ट्रिय टिममा नियुक्तिको अधिकार कार्यसमितिमा निहित छ । विधानको धारा ३८ मा कार्यसमितिको अधिकार उल्लेख गरिएको छ । जसको उपधारा १० मा ‘एन्फाको प्रतियोगितामा सहभागी हुने टिमहरुको संख्या, मिति, स्थानको बारेमा निर्णय गर्ने तथा सम्बन्धित नियमावली बनाउने’ तथा ११ मा प्रतिनिधित्व गर्ने टिमहरुको लागि प्रशिक्षक तथा अन्य प्राविधिक कर्मचारीहरुको नियुक्ति गर्ने’ उल्लेख छ ।

महिला विश्वकपका लागि हाल अस्ट्रेलियामै रहेका उपाध्यक्ष शाहीले जवाफ फर्काउँदै ‘एन्फामा अहिले जसको शक्ति उसको भक्ति’ भइरहेको भन्दै नेतृत्वप्रति व्यंग गरेका छन् ।

‘एन्फामा अहिले अध्यक्ष र महासचिव विधि विधानमा चल्नुभएको छैन । उहाँहरुले नै बहुमत नपुर्याई निर्णय गर्ने, विधानविपरितका काम गर्दै जाने, बहुमत सदस्यले अनुरोध गरेका एजेन्डा पनि बैठकमा समावेश नगर्ने, आफूखुसी व्यक्तिगत स्वार्थमा लिप्त हुने काम गरिरहनुभएको छ,’ उपाध्यक्ष शाहीले भने, ‘अहिलेको निर्णय पनि त्यसैको निरन्तरता होला नी !’ 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो