माघ १८, २०८२ आइतबार | ०१:१८:४६
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

लेस्टरसँग पराजित भएपछि युनाइटेडका प्रशिक्षक सोल्सायरले गल्ती स्वीकारे

म्यानचेस्टर, (खेलाडी)- इङ्लिस प्रिमियर लिगको खेलमा शनिबार राति लेस्टर सिटीसँग ४-२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले त्यसको जिम्मेवारी लिँदै आफूले दुई गलत निर्णय गरेका कारण त्यस्तो नतिजा आएको स्वीकारेका छन् । 

किङ पावर रंगशालाको भ्रमणमा पराजय भोगेपछि युनाइटेडको प्रिमियर लिगमा २९ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । 

सोल्सायरको टोलीले सुरुमा अग्रता लिए पनि गोलको र्याली भएको खेलमा नतिजा सुम्पिन बाध्य भएको थियो । १९औं मिनेटमा अग्रता लिएको युनाइटेडले ३१औं मिनेटमा बराबरी गोल खाएको थियो । ७८औं मिनेटमा लेस्टरले खेलमा अग्रता लियो । ८२औं मिनेटमा युनाइटेडले गोल गर्दै खेल बराबरीमा ल्यायो तर त्यसको एक मिनेट नबित्दै फेरी भ्रमणकारी टोली खेलमा पछि परेको थियो । इन्जुरी समयमा लेस्टरले अर्को गोल गरेपछि सोल्सायरको टोली निराशाजनक नतिजाको हकदार बन्यो ।

‘हामीले अत्यन्तै कमजोर तरिकाले चार गोल खायौं । प्रदर्शन पनि राम्रो थिएन, यही प्रदर्शनबाट हामी अपराजित रहिरहन लायक थिएनौं,’ सोल्सायरले स्वीकारे, 'हामीले अत्यन्तै राम्राृे गोलबाट अग्रता लिएका थियौं । त्यसपछि पनि हामी अर्को गोलको नजिक पुगेका थियौं । तर अचानक प्रदर्शन खस्किँदा गोल खानु पर्‍यो । उनीहरुले हामीभन्दा धेरै अवसर सिर्जना गरे । सेट पिसमामात्र हामीले दुई गोल खायौं, जुन अत्यन्तै निराशाजनक थियो ।’

सोल्सायरले चोटबाट पूर्ण रुपमा मुक्त नभइसकेजस्तो देखिएका ह्यारी मागुइरलाई पहिलो रोजाइबाट खेलाउनु आफ्नो गल्ती भएको स्वीकारे । 

‘टिम मैले छानेको हो । ह्यारी मागुइरले पनि आफ्नो चोटको विषयमा केही भनेनन् । सायद मैले दुईवटा गल्ती गरें, जसका कारण हामी हारको भागिदार बन्नुपर्‍यो,’ उनले थपे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।