चैत्र ९, २०८२ सोमबार | ०९:०४:५५
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

लेस्टरसँग पराजित भएपछि युनाइटेडका प्रशिक्षक सोल्सायरले गल्ती स्वीकारे

म्यानचेस्टर, (खेलाडी)- इङ्लिस प्रिमियर लिगको खेलमा शनिबार राति लेस्टर सिटीसँग ४-२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले त्यसको जिम्मेवारी लिँदै आफूले दुई गलत निर्णय गरेका कारण त्यस्तो नतिजा आएको स्वीकारेका छन् । 

किङ पावर रंगशालाको भ्रमणमा पराजय भोगेपछि युनाइटेडको प्रिमियर लिगमा २९ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । 

सोल्सायरको टोलीले सुरुमा अग्रता लिए पनि गोलको र्याली भएको खेलमा नतिजा सुम्पिन बाध्य भएको थियो । १९औं मिनेटमा अग्रता लिएको युनाइटेडले ३१औं मिनेटमा बराबरी गोल खाएको थियो । ७८औं मिनेटमा लेस्टरले खेलमा अग्रता लियो । ८२औं मिनेटमा युनाइटेडले गोल गर्दै खेल बराबरीमा ल्यायो तर त्यसको एक मिनेट नबित्दै फेरी भ्रमणकारी टोली खेलमा पछि परेको थियो । इन्जुरी समयमा लेस्टरले अर्को गोल गरेपछि सोल्सायरको टोली निराशाजनक नतिजाको हकदार बन्यो ।

‘हामीले अत्यन्तै कमजोर तरिकाले चार गोल खायौं । प्रदर्शन पनि राम्रो थिएन, यही प्रदर्शनबाट हामी अपराजित रहिरहन लायक थिएनौं,’ सोल्सायरले स्वीकारे, 'हामीले अत्यन्तै राम्राृे गोलबाट अग्रता लिएका थियौं । त्यसपछि पनि हामी अर्को गोलको नजिक पुगेका थियौं । तर अचानक प्रदर्शन खस्किँदा गोल खानु पर्‍यो । उनीहरुले हामीभन्दा धेरै अवसर सिर्जना गरे । सेट पिसमामात्र हामीले दुई गोल खायौं, जुन अत्यन्तै निराशाजनक थियो ।’

सोल्सायरले चोटबाट पूर्ण रुपमा मुक्त नभइसकेजस्तो देखिएका ह्यारी मागुइरलाई पहिलो रोजाइबाट खेलाउनु आफ्नो गल्ती भएको स्वीकारे । 

‘टिम मैले छानेको हो । ह्यारी मागुइरले पनि आफ्नो चोटको विषयमा केही भनेनन् । सायद मैले दुईवटा गल्ती गरें, जसका कारण हामी हारको भागिदार बन्नुपर्‍यो,’ उनले थपे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो