चैत्र १०, २०८२ मंगलबार | ०३:५७:१८
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

भारत बलियो त बलियो, तर कति बलियो ?

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ मा त्यही त्यही भयो, जस्तो भारतले चाहेको थियो । भारतलाई लागेको थियो, साफ च्याम्पियनसिप प्रतियोगिताका रूपमा दक्षिण एसियाली देशमा मात्र सीमित हुनु हुन्न ।

दक्षिण एसियाली देशले मात्र खेल्दा भारतले आठ पल्ट यो प्रतियोगिता जितिसकेको थियो । त्यसको अर्थ भारतले यही प्रतियोगिता बारम्बार जित्नुको अर्थ नै के थियो र ? भारत पछिल्लो साफ च्याम्पियनसिपको विजेता पनि थियो ।

त्यो अर्थमा भारत दक्षिण एसियाली फुटबलको महाशक्ति थियो । त्यसैले प्रतियोगितामा आमन्त्रित टिमका रूपमा दुई देश भित्रिए, कुवेत र लेवनान । फेरि यसपल्टको प्रतियोगिता आफैमा भारतलाई छाडेर अन्यत्र हुने कुरा थियो ।

पालो पनि भारतको थिएन् । तर भारतमै भयो । प्रायोजकको इच्छा नै रहेछ, भारतमै हुनु पर्ने । यस्तोमा भारतले त्यस्तो सहर रोजेको थियो, जहाँ अन्य क्षेत्रका तुलनामा फुटबल बढी लोकप्रिय थियो, त्यो भनेको भयो, बेंगलुरु ।

आखिरमा कान्तिरभा रंगशालामा भएको प्रतियोगितामा भारत नै विजयी भयो । फाइनलमा भारतले कुवेतलाई टाइब्रेकरमा हराएको थियो । अझ सडन डेथमा, ५-४ ले । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा थियो ।

अब भारतले शानले भन्न सक्नेछ, हामीले त्यस्तो साफ च्याम्पियनसिप पनि जित्यौं, जुन यसअघिका प्रतियोगिता भन्दा माथिल्लो स्तरको थियो ।

अनि यसमा दक्षिण एसियाली देशले मात्र खेलेका थिएनन्, पाहुना टिम पनि थिए । यी दुई पाहुना टिम पनि आफैमा बलिया थिए, किनभने उनीहरूले सेमिफाइनल यात्रा पनि तय गरेका थिए ।

पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई हराएको थियो भने दोस्रोमा भारतले लेवनानलाई पन्छाएको थियो । भारतको त्यो जित पनि टाइब्रेकरमै सम्भव भएको थियो । यसको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

यसपल्टको प्रतियोगितालाई भारतीय मिडियाले पनि राम्रै महत्त्व दिए । अझ भारतका पारम्परिक केही ठूला पत्रपत्रिकाले पनि ठूलै महत्त्व दिएर प्रतियोगिताका समाचार छापे ।

प्रतियोगिताको अन्त्यमा सबैले अनुभुत गरे, भारतीय फुटबलको स्तर धेरै हदसम्म बढेको छ । कम्तीमा दक्षिण एसियाका अन्य प्रतिद्वन्द्वी देश भन्दा धेरै माथि ।

कुनै समय भारत आफैमा एसियाको ठूलो फुटबल शक्ति थियो । उसले एसियाली खेलकुदको दुई संस्करणमा पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको थियो । अझ भारत एकपल्ट ओलम्पिकमा पुरुष फुटबलतर्फ सेमिफाइनल पनि पुगेको थियो ।

यतिमात्र होइन, भारतले एक पल्ट विश्वकप खेल्ने नै अवसर पाएको थियो, तर आर्थिक कारणले भारतले त्यो प्रतियोगिता भने खेलेन । भारत अब त्यही पुरानो दिनमै फर्कने प्रयासमा छ ।

त्यस्तोमा प्रश्न बन्छ, भारतीय फुटबल बलियो, तर कति बलियो ? यसको उत्तर केही हदसम्म कठिन छ, तर एक खाले अनुमान गरेर त्यसको सार भने खिच्न सकिन्छ ।

एसियाली फुटबलमा दक्षिण कोरिया र जापान, अनि इरान र साउदी अरेबिया त महाशक्ति नै भए । त्यसपछि अरबका केही देश आउँछन्, सँगसँगै पूर्वी एसियाका केही देश । सम्भवतः भारत यही दोस्रो स्तरमा पुगेको छ ।


त्यसको अर्थ के भन्दा अब भारतले कुवेत जस्तो विश्वकप खेलेको अनुभव भएका देशलाई पनि हराउने भइसहेको छ । त्यसको अर्थ भारतको फुटबल स्तर बढेको हो भन्ने नै त हो ।

धेरै होइन्, दस वर्ष अगाडिसम्म भारत कुवेतसँग १० गोल जत्तिको अन्तरले हार्ने टिम थियो, अब यही भारतले कुवेतलाई हराउने भयो । यस्तोमा के पनि तय भएको छ भने बाँकी दक्षिण एसियाली देशलाई भारतको चुनौती सामना गर्न अब गाह्रो हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो