चैत्र १२, २०८२ बिहीबार | १७:०८:४७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

आर्मीमाथि सातदोबाटोको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै २४ खेलमा ३२ अंक जोड्दै सातदाेबाटाे पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ साताैं स्थनमा छ ।

च्यासल मैदानमा शनिबार सम्पन्न खेलमा सातदाेबाटाेलाई जित दिलाउन शिव सुवेदी र दीपकराज सिंह ठकुरीले समान एक गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै शिवको गोलमार्फत सादोबाटोले अग्रता लिएको थियो । शिवले निरज चौधरीको पासलाई सदुपयोग गरेका थिए ।

२८औं मिनेटमा नवयुगले आर्मीलाई बराबरीमा ल्याए । नवयुग आफ्नो पेनाल्टी प्रहारलाई सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए पनि रिबाउन्डमा गोल गर्न सफल भए ।

६३औं मिनेटमा दीपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २-१ को रोमाञ्चक जित दिलाए । दीपक गुरुङले सुरज गुरुङलाई पेनाल्टी बक्स भित्र लडाएपछि सादोबाटोले पेनाल्टीको अवसर पाएको थियो ।

सातदोबाटो लिगमा आर्मीविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा सातदोबाटो र आर्मीले ३-३ को बारबरी खेलेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो