इङ्लिस प्रिमियर लिग

ब्राइटन र सिटीको बराबरी

लन्डन । जुलियो इन्सेसोको गोलमा इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोक्दै आगामी सिजन युरोपा लिगको टिकट पक्का गरेको छ ।

२५औं मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ३८औं मिनेटमा इन्सेसोको गोलमा ब्राइटन खेलमा फर्किएको थियो । यससँगै सिटीको लगातार १२ खेलको जितको यात्रामा समेत पूर्णविराम लागेको छ । 

ब्राइटन ३७ खेलमा ६२ अंकसहित छैटौं स्थानमा छ । सातौं स्थानको एस्टन भिल्लाको समान खेलमा ३८ अंक छ । पाँचौ स्थानको लिभरपुलको भने ६६ अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको भने ३७ खेलमा ८९ अंक छ । 

सिटीले लिगको अन्तिम खेलमा ब्रेनफोर्डको सामना गर्नेछ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिगको फाइनलमा भने इन्टर मिलानको सामना गर्नेछ ।