चैत्र ७, २०८२ शनिबार | २२:१८:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

थन्डर बोल्ट्स कपः टेबल टेनिसमा वियन्कालाई स्वर्ण

फाइलनलमा प्रतिस्पर्धा गर्दै इभाना थापा ।

काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स कप खेलकुद महोत्सवअन्तर्गत टेबल टेनिसको यु-१८ गर्ल्स एकलतर्फ एभिएमकी वियन्का राईले स्वर्ण पदक जितेकी छन् ।

उनले आफ्नै स्कुलकी इभाना थापालाई पराजित गरिन् । यसैगरी एभिएमकै आस्मा पहरी र अर्पिता महर्जन कांस्य पदक प्राप्त गरे।

यु-१२ ब्वाइज एकलमा डिएभीका रिभान बज्राचार्यले स्वर्ण,  एभिएमका स्वर्णिम शाक्य  रजता तथा  पुष्प सदनका सुशान प्रधान  र  डिलाइटका निर्भिक शाक्यले  कांस्य पदक जितेका छन् ।

त्यस्तै यु-१५ ब्वाइज भासराका रिजन शाक्यले स्वर्ण, एभिएमका प्रजित भट्टराईले रजत तथा डिएभीका निर्भान ब्रजाचार्य र एनभिए जयष्नु महर्जनले कांस्य पदक हात पारे ।

यु-१८ ब्वाइजतर्फ बालविकासका सार्थक मानन्धरले  स्वर्ण, भासराका बचन विष्टले रजत तथा मोलिसका मिजेन शाक्य र एभिएमका एरिस शाक्य कांस्य पदक  जिते

त्यस्तै यु-१२ गर्ल्स एकलतर्फ  एभिएमकी आर्सना महर्जनले स्वर्ण, एभिएमकै साइरा शाक्य  रजत तथा  प्राइम ग्लोबलकी प्राजना महर्जन र एभिएमकी तायाबुङ्मा राईले कांस्य पदक प्राप्त गरे ।

यु-१५ गर्ल्स एकलतर्फ सेन्ट मेरिजकी सुरम्या शाक्यले स्वर्ण, जेम्सकी नर्मदा खाइतुले रजत तथा एभिएमकी अस्लेशा श्रेष्ठ र प्रगतिकी इशान्भी महर्जनले कांस्य पदक हात पारे ।

यसैगरी बास्केटबलमा यु-१८ छात्रतर्फ समूह चरणमा नामीले जेम्सलाई ४९-१९, काठमान्डु वर्ल्ड काव्यालाई ५२-३६ र जेम्सले बुढानीलकण्ठ स्कुललाई २९-२० पराजित गरे।

यु-१८ छात्रातर्फ समूह चरणमा रिब्सले लर्डस लाइटलाई ३०(१० भ्याली पब्लिकले निस्टलाई ४८-२२ निरास बनाए ।

त्यसैगरी फुटबलमा यु-१२  छात्रको समूह चरणमा लिटिल फ्लावर स्कुलले ब्लुम नेपाललाई ५(०  चेल्सी वर्ल्डले डिएभीलाई ३-०, एपिएफले मोलिसलाई ५-० र  गोल्डेनले भिएस निकेतनलाई ४-० ले निरास बनाए ।

यु-१२ क्रिकेट छात्रको समूह चरणमा चेल्सीले एलआरआइलाई तीन तथा जेम्सले युरोलाई २३ रनले  पराजित गरे।

क्रिकेट यु-१६ वर्षमुनि छात्रतार्फ डिएभी सेलिब्रेसनलाई ३४ र जेम्स लिटिल एन्जेल्सलाई ३७ रनले पराजित गर्दै सेमीफाइनल पुगेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो