माघ १०, २०८२ शनिबार | १०:३७:३८
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

क्रिकेटका कप्तान रोहित उत्कृष्ट पुरुष खेलाडी

वर्ष पुरुष खेलाडीको अवार्ड ग्रहण गर्दै रोहितकुमार पौडेलकी आमा ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरीसहित फुटबल, कराते र गल्फका प्रतिद्धन्द्धीलाई पछि पार्दै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन् ।

रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।

रोहितले वर्ष २०८० मा २५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतकसहित ६८० रन बनाएका थिए । यसैगरी उनले पाँच विकेट पनि लिए ।

यस्तै उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन प्रहार गरे । उनले १० विकेट पनि लिएका थिए ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने अवार्डको पुरुष विधामा रोहितसहित क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मानोनयनमा थिए ।

वर्ष २०८० मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा मञ्चको छनोट समितिले उत्कृष्ट पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै रोहितले पल्सर मोटरसाइकल पुरस्कार पाए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate