चैत्र १४, २०८२ शनिबार | ०८:०३:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने !

१०औं राष्ट्रिय खेलकुदको तयारी निरिक्षण गर्न सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव

काठमाडौं । नेपालको घरेलु खेलकुदमा सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको १०औं संस्करण निर्धारित मितिमै नहुने सम्भावना बढेर गएको छ ।

राष्ट्रिय खेलकुद आयोजनाको तयारी निरिक्षण गर्न मंगलबार सुर्खेत पुगेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्धारित समयमा महोत्सव हुनेमा आशंका व्यक्त गरे ।

सुर्खेतबाट खेलाडी संवाददाताले जानकारी गराएअनुसार मन्त्री चौधरीले भौतिक पूर्वाधार निर्माणको गतिमा असन्तुष्टि व्यक्त गर्दै समयमै राष्ट्रिय खेलकुद गर्न सकिनेमा शंका व्यक्त गरेका थिए ।

उनले भौतिक पूर्वाधार निर्माणको कामले आगामी दिनमा लिने गति र त्यसको प्रगति हेरेपछि मात्र मिति तय गर्न सकिने प्रतिक्रिया दिएका थिए । मन्त्री चौधरीले सो क्रममा निर्माण व्यावसायीहरुलाई दुई सिफ्टमा काम गरेर भए पनि समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

दुई वर्षअघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले १०औं संस्करणको झण्डा लिँदा नै मिति घोषणा भइसकेको थियो ।

मन्त्रीपरिषदको निर्णयअनुसार १०औं राष्ट्रिय खेलकुद यही २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म सुर्खेतलाई केन्द्र बनाएर कर्णालीमा गर्ने निर्णय भएको थियो ।

त्यहीअनुसार कर्णालीले राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशले अर्बौ रुपैयाँको लगानीमा सुविधासम्पन्न बहुउद्देस्सीय रंगशाला, कभर्डहल तथा अन्य पूर्वाधारहरु बनाइरहेको छ ।

मन्त्री चौधरीको भ्रमणका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार समयमै तयार भइसक्ने बताउँदै निर्माणको कारण राष्ट्रिय खेलकुद सार्नुनपर्ने बताएका थिए ।

मन्त्री चौधरीले भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाई, यसबीचमा देशमा भएका राजनीतिक परिवर्तन लगायतका कारण तोकिएको समयमा राष्ट्रिय खेलकुद गर्न नसकिने आसय व्यक्त गरेका थिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो