माघ १७, २०८२ शनिबार | ०९:१८:२६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने !

१०औं राष्ट्रिय खेलकुदको तयारी निरिक्षण गर्न सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव

काठमाडौं । नेपालको घरेलु खेलकुदमा सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको १०औं संस्करण निर्धारित मितिमै नहुने सम्भावना बढेर गएको छ ।

राष्ट्रिय खेलकुद आयोजनाको तयारी निरिक्षण गर्न मंगलबार सुर्खेत पुगेका नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्धारित समयमा महोत्सव हुनेमा आशंका व्यक्त गरे ।

सुर्खेतबाट खेलाडी संवाददाताले जानकारी गराएअनुसार मन्त्री चौधरीले भौतिक पूर्वाधार निर्माणको गतिमा असन्तुष्टि व्यक्त गर्दै समयमै राष्ट्रिय खेलकुद गर्न सकिनेमा शंका व्यक्त गरेका थिए ।

उनले भौतिक पूर्वाधार निर्माणको कामले आगामी दिनमा लिने गति र त्यसको प्रगति हेरेपछि मात्र मिति तय गर्न सकिने प्रतिक्रिया दिएका थिए । मन्त्री चौधरीले सो क्रममा निर्माण व्यावसायीहरुलाई दुई सिफ्टमा काम गरेर भए पनि समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

दुई वर्षअघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापनको अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले १०औं संस्करणको झण्डा लिँदा नै मिति घोषणा भइसकेको थियो ।

मन्त्रीपरिषदको निर्णयअनुसार १०औं राष्ट्रिय खेलकुद यही २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म सुर्खेतलाई केन्द्र बनाएर कर्णालीमा गर्ने निर्णय भएको थियो ।

त्यहीअनुसार कर्णालीले राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशले अर्बौ रुपैयाँको लगानीमा सुविधासम्पन्न बहुउद्देस्सीय रंगशाला, कभर्डहल तथा अन्य पूर्वाधारहरु बनाइरहेको छ ।

मन्त्री चौधरीको भ्रमणका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार समयमै तयार भइसक्ने बताउँदै निर्माणको कारण राष्ट्रिय खेलकुद सार्नुनपर्ने बताएका थिए ।

मन्त्री चौधरीले भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाई, यसबीचमा देशमा भएका राजनीतिक परिवर्तन लगायतका कारण तोकिएको समयमा राष्ट्रिय खेलकुद गर्न नसकिने आसय व्यक्त गरेका थिए ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।