चैत्र १५, २०८२ आइतबार | ०३:१४:४२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

ओमानमाथि नेपालको सानदार जित

काठमाडौ,(खेलाडी) -कप्तान ज्ञानेन्द्र मल्लले लगातार दोस्रो खेमला  अर्धशतक पूरा गरेपछि नेपालले आइतबार ओमानमाथि ७ विकेटको सानदार जितका साथ विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशिय शृंखलामा सुखद अन्त्य गरेको छ । 

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १ सय २२  रनको लक्ष्य नेपालले १८.२ ओभारमा मात्र तीन विकट क्षतीमा पूरा गरेको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रनको योगदान  गर्दा ओपनर आसिफ शेखले ४० रन जोडे ।

१६ रन जोड्दा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि ज्ञानेन्द्र र आसिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि टोलीले सहज जित पक्का गरेको हो । ज्ञानेन्द्रले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा आसिफले ४४ बलमा ७ चौका प्रहार गरे ।

यसअघि  तिब्र गतिका बलर करण केसी र स्पिनर सन्दिप लामिछानेले समान चार विकेट लिएप्छि नेपालले टस हारेर ब्याटिङका निम्तो पाएको ओमान ३७.१ ओभरमा अल आउट हुँदै एक सय २१ रनमा सिमित भएको थियो ।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आयोजक ओमानलाई सानो स्कोरमा सीमित भएको थियो ।
यसअघि बुधबार ओमानविरुद्धको पहिलो नेपाल पाँच विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
नेपाली बलर सामु कुनै पनि ओमानी ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । 

ओमानका लागि कप्तान जीशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । ६६ बल खेलेका मक्सुदले २ चौका र १ छक्का गरेका थिए । 

अघिल्लो खेलमा सानदार सतक प्रहार गरेर ओमानलाई जितको बाटोमा डोर्याएका ओपनर जतिन्दर सिंहले १३ बलमा १३ रन बनाए । यस्तै नसीम खुसीले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

नेपालमा सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सन्दीप दुवैले समान चार विकेट लिए । तिब्र गतिका बलर करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चदा ८.१ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चिए । सन्दीपले ओमानका सुरज कुमार र नेस्टर धम्बा शुन्यमै आउट गराएका थिए । 

त्यस्तै शरद भेषावकरले ४ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर २ विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो