चैत्र १०, २०८२ मंगलबार | १०:१०:०८
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौंले विराटनगरलाई हरायो

काठमाडौं । नेपाल  टि–२० लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा काठमाडौं नाइट्स विजयी भएको छ ।

काठमाडौंले कीर्तिपुरस्थित त्रिभुवनविद्यालयको क्रिकेट मैदानमा विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको हो ।

यो जितसँगै सात खेलमा आठ अंक जोडेको काठमाडौं तेस्रो स्थान रहँदा पराजय ब्यहोरेको विराटनगर समान खेलबाट चार अंकका सथ पाँचौ स्थानमा छ ।

काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा  ५८ रनमा समेटियो ।

विवादपछि दुई घण्टा ढिलो गरी टस भएपछि खेल नौ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । तर दुवै टोलीले टस अघि बुझाउनु पर्ने खेलाडीको लिस्ट नै बुझाएका थिएनन् ।

विराटनगरका लागि गौरान्सु शर्माले २२,विवेक यादवले १२ तथा नन्दन यादवले अविजित ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि कमलिसिंह ऐरीले तीन, अनिल खरेल र सुनाम गौतमले समान दुई तथा वसिर अमद र अविनाश बोहोराले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको काठमाडौं निर्धारित नौ ओभरमा पाँच विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि सन्दीप रजालीले २२ बलमा समान दुई चौका र छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ३२ रनको योगदान दिए । यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले १४,कमलसिंह ऐरीले अविजित १४ तथा एलेक्स ब्लेकले १३ रन जोडे ।

विराटनगरका लागि नन्दन यादवले तीन तथा हुसेन टलट र कियोन जोसेफले समान एक विकेट लिए ।

पछि दुवै टोलीका खेलाडी, नेपाल टि–२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्ल, नेपाल टि–२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास,कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसल लगायतको बैठकपछि खेल हुने निर्णय भएको थियो ।

पारिश्रमिक नपाएपछि खेलाडीले नखेल्ने निर्णय गरेका थिए । दुवै क्लबका खेलाडीले प्रतियोगिता सुरु हुनुअघि सम्झौता अनुरुपको ४० प्रतिशत रकम र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने दाबी गर्दै मैदान उत्रन अस्विकार गरेका हुन् ।

क्यानले साँझसम्म पारिश्रमिक दिन आश्वसन दिएको बताइएको छ । प्रतियोगिताको सम्पूर्ण आयोजना अधिकार पाएको सेभेन थ्री स्पोटर्सका मालिक जतिन लुवालिया पनि सम्पर्कमा आएको क्यानले बताएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो