माघ १६, २०८२ शुक्रबार | १०:४९:५९
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

काठमाडौंले विराटनगरलाई हरायो

काठमाडौं । नेपाल  टि–२० लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा काठमाडौं नाइट्स विजयी भएको छ ।

काठमाडौंले कीर्तिपुरस्थित त्रिभुवनविद्यालयको क्रिकेट मैदानमा विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको हो ।

यो जितसँगै सात खेलमा आठ अंक जोडेको काठमाडौं तेस्रो स्थान रहँदा पराजय ब्यहोरेको विराटनगर समान खेलबाट चार अंकका सथ पाँचौ स्थानमा छ ।

काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा  ५८ रनमा समेटियो ।

विवादपछि दुई घण्टा ढिलो गरी टस भएपछि खेल नौ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । तर दुवै टोलीले टस अघि बुझाउनु पर्ने खेलाडीको लिस्ट नै बुझाएका थिएनन् ।

विराटनगरका लागि गौरान्सु शर्माले २२,विवेक यादवले १२ तथा नन्दन यादवले अविजित ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि कमलिसिंह ऐरीले तीन, अनिल खरेल र सुनाम गौतमले समान दुई तथा वसिर अमद र अविनाश बोहोराले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको काठमाडौं निर्धारित नौ ओभरमा पाँच विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि सन्दीप रजालीले २२ बलमा समान दुई चौका र छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ३२ रनको योगदान दिए । यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले १४,कमलसिंह ऐरीले अविजित १४ तथा एलेक्स ब्लेकले १३ रन जोडे ।

विराटनगरका लागि नन्दन यादवले तीन तथा हुसेन टलट र कियोन जोसेफले समान एक विकेट लिए ।

पछि दुवै टोलीका खेलाडी, नेपाल टि–२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्ल, नेपाल टि–२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास,कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसल लगायतको बैठकपछि खेल हुने निर्णय भएको थियो ।

पारिश्रमिक नपाएपछि खेलाडीले नखेल्ने निर्णय गरेका थिए । दुवै क्लबका खेलाडीले प्रतियोगिता सुरु हुनुअघि सम्झौता अनुरुपको ४० प्रतिशत रकम र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने दाबी गर्दै मैदान उत्रन अस्विकार गरेका हुन् ।

क्यानले साँझसम्म पारिश्रमिक दिन आश्वसन दिएको बताइएको छ । प्रतियोगिताको सम्पूर्ण आयोजना अधिकार पाएको सेभेन थ्री स्पोटर्सका मालिक जतिन लुवालिया पनि सम्पर्कमा आएको क्यानले बताएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।