चैत्र ४, २०८२ बुधबार | ०५:२१:३८
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

लुम्बिनी फाइनलमा,बागमती बाहिरियो

काठमाडौं । प्रज्वल थापाको अर्धशतकप्रेरित साबिकको विजेता लुम्बिनी प्रदेश मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै शनिबार वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि दुई सय २३ रनको लक्ष्य पछ्याएको मधेस ४५.४ ओभरमा  एक ६४ रनमा समेटियो । मधेसका लागि मयान यादवले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै सर्फराज मन्सुरीले ३१ र अली अन्सारीले २२ जोडे ।

लुम्बिनीका लागि अभिषेक गौतम र विशाल विक्रम केसीले समान तीन,  तुलबहादुर थापा, नर सार्की,  दुर्गेश थापा र निर्मल गुरुङ समान एक विकेट लिए । 

लुम्बिनीको जितसँगै बागमती प्रदेश भने बाहिरिएको छ । सुदुरपश्चिम ६ खेलमा १२ अंकका साथ शीर्ष स्थान बस्दै फाइनल प्रवेश गरिसकेको थियो ।  समान खेलमा १० अंक जोडेको लुम्बिनीले दोस्रो स्थानमा बस्दै फाइनलमा प्रवेश गरेको हो ।

गत संस्करणमा यी दुई टोलीले नै फाइनलमा प्रतिस्पर्धा गरेका थिए । 

६ खेलमा आठ अंक जोडेको बागमती तेस्रो स्थानमा रहँदा एक मात्र जित निकालेको मधेश प्रदेश समान खेलबाट दुई अंक जोडेर पुछरमा रह्यो । 

यसअघि टस हारेर ब्याटिङका लागि आएकोे लुम्बिनीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय २२ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि प्रज्वलले एक सय २८ बलमा नौ चौका र दुई छक्कामद्दतमा सर्वाधिक ८५ रनको योगदान दिए । यस्तै नर सार्कीले अविजित २६,आकाश त्रिपाठीले २३,विशाल भुसाल र नरेन गुरुङले समान १३ र देव खनालले ११ रन जोडे ।

मधेस प्रदेशका लागि निकेश गुप्ताले तीन,अभिषेक तिवारी र नितेश यादवले समान दुई तथा अविजित मन्डलले एक विकेट लिए ।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH