माघ १८, २०८२ आइतबार | २३:४३:१३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

लुम्बिनी फाइनलमा,बागमती बाहिरियो

काठमाडौं । प्रज्वल थापाको अर्धशतकप्रेरित साबिकको विजेता लुम्बिनी प्रदेश मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै शनिबार वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि दुई सय २३ रनको लक्ष्य पछ्याएको मधेस ४५.४ ओभरमा  एक ६४ रनमा समेटियो । मधेसका लागि मयान यादवले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै सर्फराज मन्सुरीले ३१ र अली अन्सारीले २२ जोडे ।

लुम्बिनीका लागि अभिषेक गौतम र विशाल विक्रम केसीले समान तीन,  तुलबहादुर थापा, नर सार्की,  दुर्गेश थापा र निर्मल गुरुङ समान एक विकेट लिए । 

लुम्बिनीको जितसँगै बागमती प्रदेश भने बाहिरिएको छ । सुदुरपश्चिम ६ खेलमा १२ अंकका साथ शीर्ष स्थान बस्दै फाइनल प्रवेश गरिसकेको थियो ।  समान खेलमा १० अंक जोडेको लुम्बिनीले दोस्रो स्थानमा बस्दै फाइनलमा प्रवेश गरेको हो ।

गत संस्करणमा यी दुई टोलीले नै फाइनलमा प्रतिस्पर्धा गरेका थिए । 

६ खेलमा आठ अंक जोडेको बागमती तेस्रो स्थानमा रहँदा एक मात्र जित निकालेको मधेश प्रदेश समान खेलबाट दुई अंक जोडेर पुछरमा रह्यो । 

यसअघि टस हारेर ब्याटिङका लागि आएकोे लुम्बिनीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय २२ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि प्रज्वलले एक सय २८ बलमा नौ चौका र दुई छक्कामद्दतमा सर्वाधिक ८५ रनको योगदान दिए । यस्तै नर सार्कीले अविजित २६,आकाश त्रिपाठीले २३,विशाल भुसाल र नरेन गुरुङले समान १३ र देव खनालले ११ रन जोडे ।

मधेस प्रदेशका लागि निकेश गुप्ताले तीन,अभिषेक तिवारी र नितेश यादवले समान दुई तथा अविजित मन्डलले एक विकेट लिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।